विशेष अनलाइन । लेखक छुइन्द्र लामा नारदेन (नारदेन) द्वारा लिखित ‘जीवन अनुभूति’ पुस्तक विमोचन तथा चौतारा उद्घाटन कार्यक्रम २०८१ फागुन १६ गते, शुक्रबार सम्पन्न भएको छ। इटहरी-१९ स्थित पुन्जी निवासमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
पुस्तक ‘जीवन अनुभूति’ नारदेन लामा (तामाङ गायक) को जीवनीमा आधारित छ, जसमा उनले आफ्नो जीवनका विभिन्न अनुभवहरू साझा गरेका छन्। कार्यक्रममा वक्ताहरूले पुस्तकले तामाङ समुदायको सांस्कृतिक, सामाजिक, र व्यक्तिगत अनुभूतिहरू उजागर गर्ने बताए ।
पुस्तकको महत्वबारे बोल्दै लेखक नारदेन लामाले भने:”जीवनका भोगाइ र अनुभूतिहरू शब्दमा उतार्न पाउनु ठूलो सौभाग्य हो। यो पुस्तकले मेरा विचार र भावनाहरू पाठकहरूसँग बाँड्ने अवसर दिएको छ।”
त्यसैगरी, इटहरी २०, तरहरामा दिवंगत तामाङ समुदायका स्व. बुद्धिमान नारदेन तामाङ, स्व. गङ्गामाया जिम्बा तामाङ, स्व. दान बहादुर सिंगर तामाङ, स्व. दिलमाया नारदेन तामाङ, स्व. वीर बहादुर बम्जन तामाङ, स्व. राम बहादुर बम्जन तामाङ, स्व. वइवा तामाङ, स्व. बम बहादुर नाजुङ तामाङ, स्व. रत्नमाया स्याङ्बो तामाङ, स्व. देवी बम्जन तामाङ, स्व. चन्द्रमाया बम्जन तामाङको स्मृतिमा फलैचा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा परिवारजन, इष्टमित्र तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति थियो। परम्परागत तामाङ संस्कारअनुसार धर्मगुरुहरूले पूजा गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेकाछन्। सहभागीहरूले दिवंगत सदस्यहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान स्मरण गरे।
Discussion about this post