BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home साहित्य

मेरो सपना र मेरो परिवारको सपना

टिकाराम भण्डारी

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र ७, २०८०, ९:४० मध्यान्ह
in साहित्य
मेरो सपना र मेरो परिवारको सपना
193
SHARES
Share on FacebookShare on Twitter

हिमाल जस्तै
सेतै फुलेका मेरा बा आमा
हिमाल र बा आमा
उस्तै लाग्छ
फरक यत्ति छ
हिमाल हाँसेको म देख्न सक्छु
मेरा बा आमा हाँसेको कहिले देख्दिनँ
घरबाट निकै टाढा छु
घरले मलाई सम्झदो हो
म घरलाई कहिले सम्झदो रहेनछु ।
बाछिटाले हानेर भत्काएको बरन्डाको
झ्याल !
त्यही झ्यालले मलाई कति चिहाउँदो हो !
तर म मेरो बरन्डालाई चिहाउँदो रहेनछु !
मलाई याद आउँछ घरमुनिको चुवाको
बोट
त्यही चुवाको बोटमा राखेको मकैको
ढोड
त्यही मकैका ढोडले मलाई चुवाको फूल
बोकेर
स्वागत गर्न पर्खिरहेका होलान् !
घरमुनि सिमलको बोट
रातो सिमलको फूल
जसले मलाई रङ्ग्याउन सुस्ताइरहेका
होलान् !
घरमुनि बाक्लै सल्लाको बोट
जसले मलाई सुस्तरी सुसेला हाल्दै
बोलाइरहेका होलान् !
म सुन्दो रहेनछु !
ए ! मेरो गाउँ हुँदै जाने यात्रीहरू हो,
मेरो खबर मेरो घरमा छोडिदिनु है !
म खाँदै छु, रम्दै छु, जिउँदै छु भन्ने कुरा !
पखेटा लागेको बचेरा आफ्नो गुड
छोडेको मात्र हो
चराले गुँड फेर्न सक्छ
जङ्गल कहिले फेर्दैन !
डाली फेर्छ रुख फेर्दैन
तपाईंको उही कान्छो
जङ्गल छोडेको मात्र हो
फेरि त्यही जङ्गलमा आएर गुँड लगाउँछ
पिर नगरे है !
मेरो परिवारले देखेको त्यो सपना
अनि मैले देखेको सपना
सपना एउटै होला
तर
सपना देख्ने तरिका फरक छ !
मेरो जिन्दगी
स्कुल जाँदा धारामा
दिदीले तेल भन्दै लगाइ दिएको
धाराको \ कुवाको पानी
अहिले मेरो जिन्दगी त्यही
धाराको \ कुवाको पानी जस्तै भएको छ !
रङ्गहीन , स्वादहीन
साउनको बर्खे झरीमा
उर्लिएको मातानी खोलाले बगाएको
मेरो चप्पल जस्तै
किटिनी पोखरीमा तारी गाईले खाएको
धमिलो पानीको स्वाद जस्तै !
ल्याक्टोफोन चकलेटको खोललाई लामो
तन्काएर
चप्पलको लोती छिन्दा
त्यही ल्याक्टोफोन चकलेटको खोललाई
फित्ता बनाएर लगाए जस्तै !
गोठालो जाँदा गाई हराएर टारबारीका
सबै मकै
खाएको दिन
मकै खाएर महिनौँ दिनसम्म पर्म तिरेको
दिन
मेरा बा
त्यो महिनौँ दिन
पर्म तिरेको तपाईंको पर्म
म अहिले तिर्न सकुँला ?

अरुण गाउँपालिका ६ भोजपुर हाल इटहरी, सुनसरी

Previous Post

प्रिमियरमा रुचाइयो ‘महाजात्रा’

Next Post

प्रकाश गुरुङको माया धरानेमा हर्क साम्पाङको अभिनय

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

“नारदेन लामाको पुस्तक विमोचन र फलैचा उद्घाटन कार्यक्रम” सम्पन्न

फाल्गुन २२, २०८१, ११:३३ मध्यान्ह
इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

इटहरीको साहित्यिक विरासतमा पुनःजागरणको खोजी

जेष्ठ ३१, २०७९, २:१४ मध्यान्ह
tikaram bhandari

तिम्रो र मेरो मायाको फरक (कविता)

अशोज २६, २०७८, ५:४४ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १८, २०७७, १२:३४ मध्यान्ह
आमा

आमा

चैत्र १७, २०७७, १२:५९ मध्यान्ह
मुक्तक

मुक्तक

चैत्र १६, २०७७, ४:४९ मध्यान्ह
Next Post
प्रकाश गुरुङको माया धरानेमा हर्क साम्पाङको अभिनय

प्रकाश गुरुङको माया धरानेमा हर्क साम्पाङको अभिनय

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।