विशेष अनलाइन । नेपाली चलचित्र ‘राजागन्ज’ को शुक्रबार इटहरीमा विशेष प्रदर्शन (रेड–कार्पेट सो) सम्पन्न गरिएको छ ।
निर्देशक दिपक रौनियार र चलचित्रकी प्रमुख पात्र आशा मगरातीको उपस्थितिमा विशेष प्रदर्शन (रेड–कार्पेट सो) सम्पन्न गरिएको हो । विशेष प्रदर्शनमा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माको समेत उपस्थिति थियो ।
विशेष प्रदर्शन (रेड–कार्पेट सो) मा इटहरीका विभिन्न क्षेत्रका विशिस्ट व्यक्तित्वहरुको उपस्थिति थियो । चैत्र १ गतेबाट अल नेपाल प्रदर्शन हुने चलचित्रलाई कलालय इटहरीको समन्वयमा इटहरीमा देखाइएको हो ।
नेपालमा मधेसलाई हेर्ने दृष्टिकोण, मधेसको राजनीति र त्यसबाट उत्पन्न परिस्थितिलाई चलचित्रले उत्कृष्ट शैलीमा प्रस्तुत गरेको भन्दै दर्शकले चलचित्रको प्रशंसा गरेका थिए । चलचित्रमा राजनितिक दवावले पुलिस प्रशासन र उनिहरुले गर्ने अनुसन्धानमा पर्ने गरेको प्रभावलाई समेत चित्रण गरिएको छ ।
नेपालमा ‘राजागन्ज’ भनिए पनि अन्तरास्ट्रिय प्रदर्शनमा भने चलचित्रको नाम ‘पूजा सर’ राखिएको छ । गत भदौ १३ गते भेनिस फिल्म फेस्टिभलमा सोही नामबाट चलचित्रको प्रिमियर गरिएको थियो ।
आशा मगराती शीर्ष र शक्तिशाली नारी पात्रको भूमिकामा रहेको चलचित्र ‘राजागन्ज’ मा दहाहाङ राई, विजय बराल, निकिता चन्दक, ऋचा शर्मा लगायत कलाकारको भूमिकामा रहेको छ ।
निर्देशक रौनियारद्वारा निर्देशित यो तेस्रो चलचित्र हो । यस अघि उनले ‘हाइवे’ र ‘सेतो सूर्य’ निर्देशन गरिसकेका छन् ।
Discussion about this post