विशेष अनलिइन । दीपेन्द्र लामा लिखित तथा निर्देशित चलचित्र ‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ पोस्टरमध्ये एउटामा दयाहाङ राई सिंगल छन् भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न् ।
अर्को पोस्टरमा भने दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।
यो चलचित्र क्लक वर्क कृएसनको ब्यानरमा निर्माण हुने भएको छ । चलचित्रलाइ हिमाल कडरियाले निर्माण गर्ने भएका छन् । आलोक शुक्लाले छायाङ्कन गरेको चलचित्रलाइ निमेष श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र आरआर फिल्मसले वितरण गर्दैछ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्र फागुन २ गते रिलिज हुने भएको छ ।
Discussion about this post