BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘आ बाट आमा २’ मा कलाकारहरूको लाइनअप थप मजबुत बन्दै गएको छ। विपना थापा, भारतीय कलाकार प्रदीप रावत (गजनी फेम), पल शाह र आकाश श्रेष्ठ जस्ता चर्चित अनुहारहरू यसअघि नै अनुबन्धित भइसकेका थिए। यसै क्रममा पछिल्लो पटक अभिनेता सविन श्रेष्ठ पनि यो परियोजनामा जोडिएका छन्। निर्देशक चन्द्र पन्त र सविनबीच मंगलबार लिखित सम्झौता भएसँगै निर्माण पक्ष उत्साहित देखिएको छ।

अभिनेता सविन श्रेष्ठ करिब तीन वर्षको अन्तरालपछि पर्दामा देखिन लागेका हुन्। सन् २०२२ मा प्रदर्शन भएको चलचित्र ‘म’ पछि उनले केही अन्य चलचित्रहरू साइन गरे पनि विविध कारणले ती निर्माण हुन सकेका थिएनन्। त्यसैले, ‘आ बाट आमा २’ लाई सविनको ‘कमब्याक’ चलचित्रका रूपमा हेरिएको छ। बुझिएअनुसार सविन यस पटक पर्दामा नकारात्मक भूमिका (भिलेन) मा देखिने सम्भावना छ, यद्यपि निर्माण पक्षले यसको औपचारिक पुष्टि गर्न भने बाँकी नै छ।

चलचित्रको निर्माण कार्यले पछिल्लो समय तीव्रता पाएको छ। गत सोमबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गर्दै चलचित्रको शुभ मुहूर्त सम्पन्न भइसकेको छ। गजित विष्ट र नरेन खड्काको समेत अभिनय रहने निश्चित भइसकेको यस चलचित्रमा मुख्य अभिनेत्रीको खोजी भने अझै जारी रहेको बताइएको छ। निर्देशक पन्तले कलाकार छनोटको प्रक्रियालाई अन्तिम रूप दिने प्रयास गरिरहेका छन्।

यो चलचित्र गत वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो, जसको कथा र पटकथा स्वयं निर्देशक चन्द्र पन्तले तयार पारेका हुन्। आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हाल्नेछ। चलचित्रको व्यवस्थापन पक्षलाई करण सिंहले प्रोडक्सन म्यानेजरका रूपमा हेरिरहेका छन्।

प्रदर्शन मितिको हकमा निर्माण पक्षले आगामी असोज ३० गते (फूलपातिको अघिल्लो दिन) लाई लक्षित गरेको छ। दशैँको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले दर्शकमाझ निकै चर्चा कमाउने अपेक्षा गरिएको छ। आगामी जेठ पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुने तयारीमा रहेको छ।

Previous Post

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

Next Post

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
शिक्षा क्षेत्रमा ‘गुरु आमा’ को विद्रोह: डन्डाले  होइन माया ले बदलिनेछ समाज

शिक्षा क्षेत्रमा ‘गुरु आमा’ को विद्रोह: डन्डाले होइन माया ले बदलिनेछ समाज

बैशाख २२, २०८३, ८:२३ मध्यान्ह
Next Post
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो 'रोल नं १'

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।