BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘बम बहादुर’को कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन : सौगत मल्ल

विशेष अनलाइन by विशेष अनलाइन
पुस ३, २०८१, ९:१३ बिहान
in FEATURE, चलचित्र
‘बम बहादुर’को कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन : सौगत मल्ल
69
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । जोन राईको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बम बहादुर’ को पुर्वको सहर इटहरिमा पत्रकार भेटगाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चलचित्रका निर्माता सञ्जीव सार्की, निर्देशक जोन राई, प्रमुख अभिनेता सौगात मल्ल, अभिनेत्रीहरु अनिशा रसाइली, शान्तिला तामाङ लगायतको उपस्थिति रहेको थियो । सुनसरीको इटहरी र धरानसंगै मोरङको बिराटनगर तथा सुन्दरहरैँचाका सक्रिय पत्रकारहरुसहित झापा र काठमाडौ तथा दार्जीलिङका पत्रकारहरुको उपस्थिति बाक्लो रहेको थियो ।

कार्यक्रममा अभिनेता सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन’, मल्लले भने ‘नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ ।’

चलचित्रकी नायिका अनिशा रसाइलीले यो चलचित्रले सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । ‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो’, उनले थपिन् ‘मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् ।’

लेखक तथा निर्देशक राईले चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । उनले भने , ‘चलचित्रको अर्को उद्देश्य भनेको अब गोर्खाल्याण्ड जस्तो आन्दोलन नहोस् । विभिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो । सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको छु ।भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षहरूलाई मार्मिक ढङ्गले चलचित्रमा उठाएका छौ ।’

चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । यो चलचित्रको कथा तथा स्क्रीनप्ले जोन राई र रुपेश तामाङले तयार गरेका हुन् ।

Previous Post

‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

Next Post

फागुन २ गते बाट ‘रंगी’ प्रदर्शनमा आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
फागुन २ गते बाट ‘रंगी’ प्रदर्शनमा आउने

फागुन २ गते बाट ‘रंगी’ प्रदर्शनमा आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।