विशेष अनलाइन। ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र ‘दशमी’ बनाउने भएका छन् । शनिबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्र घोषणा गरे सगै दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरिएको छ ।
। रेड आई फिल्म्स तथा रोमन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा राजकुमार पण्डित प्रस्तुतकर्ताको रुपमा छन् । उनले यसअघि ‘ज्वाइँ साब’को पनि निर्माण गरेका थिए । राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य निर्माता रहेको चलचित्रमा दीलिप रानाभाटको लेखन छ ।
चलचित्र’को कथावस्तु र कलाकारको बारेमा भने जानकारी गराइएको छैन चलचित्रको छायांकन आगामी फागुन दोस्रो हप्तादेखि सुरु गरिने जनाइएको छ । पोस्टर डिजाइनरको रुपमा सक्रिय टौवा क्रिएसनका विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजरमा दीलिप पन्त रहेका छन् ।
Discussion about this post