विशेष अनलाइन। नवीन भट्टको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्रको नया पोस्टर सार्वजानिक गर्दै माघ ४ गतेलाइ सार्वजानिक प्रदर्शन मिति तय गरेको छ ।
‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ निर्माणसँगै अभिनय गरेका मनोजकुमार अधिकारीले चलचित्र निर्माण गरेका हुन्। चलचित्रको सहनिर्माता तिश पुन रहेका छन् । पछिल्लो समय संसारभर हरर कमेडी चलचित्रले राम्रो दर्शकको साथ पाईरहेको बेला अधिकारीले नेपाली हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरि’ बनाएका छन् ।
चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ। बिन्दबासिनी क्रिएसनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
चलचित्रमा जितु तामाङको छायाङ्कन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी रहेको छ । चलचित्रमा एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउन्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।
Discussion about this post