BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

एउटै कारण जस्ले प्रमोदलाई डाक्टर बन्न रोकेर गायक बनायो (भिडियो सहित)

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १०, २०७८, ४:०३ मध्यान्ह
in FEATURE, गीत संगीत
pramod kharel
238
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपाली सांगितिक बजारको एउटा चर्चित नाम हो प्रमोद खरेल । नेपाली आधुनिक गित संगितका चम्किलो ताराको रुपमा पनि गायक खरेलको चर्चा हुने गरेको छ । उनले गाएका गितसंगितका कारण त उनि चर्चित छदै छन् । त्यसमाथी पछिल्लो समय निकै लोकप्रिय बन्न सफल रियालिटी शो द भ्वइस आफ नेपालको कोच भएका कारण पनि उनको लोकप्रियता अझै बढेको छ । द भ्वइस आफ नेपालमा उनले गर्ने टिप्पणीका साथै उनि प्रस्तुत हुने शैलीका कारण उनि धेरै नेपाली दर्शकको मनमा बस्न सफल भएका छन् ।

सिजन एकमा उनकै टिमबाट आउट भएर टिम दिपमा गएका सिडी बिजय अभिकारीले द भ्वइस अफ नेपालको पहिलो उपाधी जितेका थिए भने दोश्रो सिजन टिम दिपबाट आउट भएर प्रमोदको टिममा स्टिल भएका राम लिम्बुले उपाधी सुरक्षित गरेका थिए । तेश्रो सिजनमा पनि अन्यको तुलनामा कोच प्रमोदको नै धेरै सम्भावना रहेको अहिलेबाट नै चर्चा हुन थालिसकेको छ ।

गायक खरेलको जन्म वि.सं २०३७ साल कार्तिक १० गते बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको कोखबाट भएको थियो । खरेलले घरको पहिलो सन्तानको रूपमा जन्म लिएका थिए । उनि सानै देखिनै अध्ययनमा निकै रुचि राख्ने गर्थे । आमा र बुवा दुबै शिक्षक भएका कारण पनि आमा बुवाले उनलाई अध्ययनमै फोकस गराउने गरेका थिए । घरमा उनलाई सबैले ‘प्रमोद बाबु’ भनेर बोलाउने गर्थे । घरमा त्यही नाम भएका कारण स्कुलमा पनि उनको नाम  ‘प्रमोद बाबु’नै थियो ।

सबैले उनलाई सोही नामले बोलाउने गर्थे । तर प्रमोदलाई भने आफु केही बुझ्ने भएपछि आफ्नो नामको पछाडी भएको बाबु त्यति राम्रो लाग्दैन थियो । त्यसैले कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई उनले आफ्नो नामको पछाडी रहेको बाबु हटाइदिन आग्रह गरेका थिए । सोही दिनबाट उनि प्रमोद बाबु खरेलबाट प्रमोद खरेल बनेका थिए ।

pramod kharel

उनका बुवाले पढाउने स्कुल घरभन्दा केही पर थियो भने आमाले पढाउने स्कुल भने घर नजिकै थियो । उनी आमासँगै स्कुल जाने र आउने गर्थे । अध्ययनमा तेजिलो भएका कारण पनि उनलाई सबैले माया गर्ने गर्थे । प्रमोदलाई सानैबाट गितसंगितमा निकै रुचि थियो तर उनको सपना भने डाक्टर बन्ने थियो ।  स्कुलमा हुने बिभिन्न अतिरिक्त कृयाकलापमा भाग लिने गर्थे प्रमोद, तर अचम्मको कुरा के छ भने स्कुलमा आयोजना भएका गायनका कुनै पनि कार्यक्रममा उनले भाग नै लिएनन् ।

उनले गायक बन्ने भनेर त सपनामा पनि सोचेका थिएनन् । कार्यक्रमहरुमा नगाए पनि उनमा भित्रि रुची भने अत्यधिक थियो । बाहिर हुने कार्यक्रमहरुमा गित नगाए पनि घरमा भने चिच्याइ चिच्याइ गित गाउने गर्थे । बिभिन्न गायकले गाएका गितहरु खोजी खोजी सुन्ने गर्दे । गित सुन्दै गर्दा धेरै जसो समय उनको हातमा पुस्तक हुने गथ्र्यो । बिशेष गरी नारायण गोपालका गितसंगित धेरै सुन्ने गर्थे प्रमोद । नारायाण गोपालसँगै हिन्दी गायक मोहम्मद रफी, किशोर कुमार, कुमार सानु लगायतको आवाजले प्रमेदलाई मोहित बनाउने गरेको थियो ।

पहिले, अहिले जस्तो धेरै गायक थिएनन् । अहिले जस्तो सजिलो गरी गित सुन्न पाहिदैन थियो । घरमा रेडियो थियो तर, रेडियोमा समय समयमा मात्र गित बज्ने गथ्र्यो ।  त्यसैले उनले गित सुन्नकै लागी बजारवाट क्यासेटको चक्का किनेर ल्याउने गर्थे। उनको मामाघर सिक्किम भएका कारण मामाघर पुग्न पुरै एक दिन लाग्थ्यो त्यसैले  दुई(तीन वर्ष बिराएर दसैंमा मात्र उनि मामाघर पुग्थे । सानै देखी सिधा भएका कारण उनलाई सबैले मन पराउथे ।

राम्रो कपडा लागाउनाका लागी दशै नै कुर्नुपर्ने बाध्यता थियो ।  त्यसमा पनि बुवा,आमाले जे ल्याइदिए पनि कुनै गुनासो नगरी लगाउने गर्थे । एकातिर पढाइमा लगाव र नतिजा, अर्कोतिर बुवाआमाको अपेक्षा, दुवै कुराले उनलाई दायाँबायाँ नलागी पढाईमा केन्द्रित गराउने गथ्र्यो । उनलाई बुवाले ८ कक्षा टप गरे साइकल किनिदिने सर्त राखेका थिए ।

साइकलको सोखिन भएका कारण उनले अध्ययनमा अझै मेहेनत गरे र अन्तत  ‘आठ कक्षा स्कुल टप गरेर देखाए । सर्त अनुसार ८ कक्षा टप गरेपछि बाबाले साइकल किनिदिए । ७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भर्ना भए । अध्ययनलाई निरनतर अगाडी बढाएका प्रमेदले झापाको  हिमाली माध्यमिक विद्यालयबाट एसएलसीमा जिल्ला टप गरे ।

उनको जसरी भए पनि डाक्टर बन्ने चाहाना थियो । एसएलसी पास गरेपछि एडभान्स कोर्स गर्नका लागि उनि काठमाडौ गए । उनले घरबाट काठमाण्डौ जान भनेर हिड्दै गर्दा एउटै कुराको संकल्प गरेका थिए भने त्यो थियो डाक्टर बनेर मात्र घर फर्कन्छु । काठमाण्डौ गएर आफ्नो लक्ष्य अनुसार नै एमबीबीएसको एडभान्स कोर्स  गरे र परिक्षा पनि दिए तर पहिलो पटक उनि त्यहाँ असफल बन्न पुगे । उनले परिक्षामा नाम निकाल्न सकेनन् । आफ्नो लक्ष्यमा ठेस लागेको महशुस भयो । त्यस पछि भने उनको यात्राले नयाँ मोड लिन पुग्यो । त्यसपछि भने उनि संगितमा होमिए । बिस्तारै उनको दिनचर्यामा संगीत हावी हुन थाल्यो ।

आफु आफ्नो लक्ष्यमा पुग्न असफल भएको महशुस गर्दै उनि घर फर्किए र सानै देखि भित्र दबिएको आकांक्षालाई पोख्न थाले । गाउँमा आफै कन्सर्ट आयोजना गरेर आफै गाउँन थाले त्यससँगै आफैं नाटक लेख्ने, निर्देशन गर्ने, खेल्ने गर्न थाले । सानै देखि बालकलाकार बन्ने इच्छा थियो उनको । त्यही इच्छालाई मनमा लिएर बाल कलाकार बन्न पाऊँ भनेर चलचित्र विकास बोर्डको नाममा पत्र लेखेर हुलाकमा दिए । उनले भित्र भित्रै आफु बालकलाकार बन्ने सपना बुनिसकेका थिए ।

उनि पत्रको जवाफको प्रतिक्षामा थिए । हप्ता दिन बितिसक्दा पनि पत्रको जवाफ आएको थिएन, तर पनि कताकाता आस भने थियो । समय बित्दै गयो । महिना दिन बितिसकेको थियो । उनले अब भने आस मारिसकेका थिए । तर अचानक उनको घरमा पत्र बोकेर हुलाकी आइपुगे ।  उनि केही पर थिए पत्र आएको सुनेर वेगले दौडदै घर आए र खुसीले उफ्रिँदै पत्र लिए । पत्रमा के जवाफ होला ? कस्तो प्रतिक्रिया होला ? यस्तै जिज्ञासाले मनमा उथलपुथल बनाएको थियो । तर, जब पत्र देखे त्यसले उनलाई निकै निरास बनायो । किनभने त्यो  उनले नै पठाएको पत्र ठेगाना नमिलेका कारण फर्किएको थियो ।

उनि पुन गायक बन्ने सपना बोकेर घरबाट काठमाण्डौ लागे । काठमाण्डौ गएर त्रिचन्द्र क्याम्पस भर्ना भए साथै डोरेमी संगीत पाठशालामा संगितको कक्षा पनि लिन थाले । प्रमोद कहिले क्याम्पस जान्थे त कहिले संगित कक्षा जाने गर्थे । विज्ञान पढ्ने र संगीत सिक्ने काम दुबै गर्न थाले । बिस्तारै उनले पढाइमा स्नातकोत्तर गरे । उता संगीत सिक्ने काम पनि जारी राखेका थिए । संगीत पाठशाला धाउन थालेको एक वर्ष पछि प्रमोदले एउटा एल्वम निकाल्ने सोच बनाए । तर पहिलो एल्वमले उनलाई दर्शकमाझ चिनाउन सकेन । उनले मेहेनतलाई जारी राखे संगितको कक्षालाई पनि निरन्तरता दिइरहेका थिए ।

साइन्समा स्नातकोत्तर सकिदा यता पाँच बर्षको संगीत कोर्स पनि सकिसकेको थियो । उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । त्यस बखत संगीतकर्मी अग्रजहरु सचिन सिंह, आलोक श्री, रमण घिमिरे, नवराज लम्साल लगायतका व्यक्तिहरुसँग घुलमिल हुँदै गएका थिए तर पनि एल्बम निकाल्ने हिम्मत भने गर्न सकेका थिएनन् । एल्बम ननिकालेसम्म गायकको ट्याग पाइदैन थियो । खरेलले बिस्तारै कलेज पढाउन थाले ।

उनको गायन कला कलेजका सहपाठीहरुले पनि सुने । बिस्तारै प्रमेदसँग नजिकिदै गए । एल्वम निकाल्ने आँट गर्न नसकेका प्रमोदलाई अन्तत सहपाठीहरुले नै पाँच सय, हजार, दुई हजार रुपैयाँ संकलन गरेर ‘तँ अगाडि आउनुपर्छ । तैंले गाउनुपर्छ,’ भनेर हौस्याएका थिए । उनले गित रेकर्ड गरेर भिडियो पनि बनाए । तर पनि दर्शकको नजरमा पर्न सकेनन् । उनले अझै पनि तयारी नपुगेको महशुस गरे, र पुन संगितको कक्षा लिन थाले । कलेज पाढाउन थालेको हुनाले आर्थिकरुपमा पनि उनलाई सहज हुन थालेको थियो । बिस्तारै उनले आफ्नो गायनमा निखारता आएको महशुस गर्न थाले ।

त्यसपछि भने उनि पुन अर्को एल्वमको तयारीमा लागे । जब उनले दोश्रो एल्वम बजारमा ल्याए त्यसछि भने उनको गायनयात्राले गति लिन थाल्यो । दोश्रो एल्वम सार्वजनिक गरेपछि उनलाई संगीतकार महेश खड्काको संगितमा एउटा चलचित्रको गित गाउने अवसर मिल्यो ।  उक्त गीत रेकर्ड गरिरहँदा छायांकन पनि भएको थियो । अन्तत गीत रेकर्डिङको दृश्य नै हिट बन्न पुग्यो । दर्शकले बजारमा प्रमोद खरेलको डिमाण्ड गर्न थाले ।

त्यो गीत रिलिज हुन नपाउदै उनले अरु गीतहरु गाउने अवसर पाउन थाले । बिस्तारै पाश्र्व गायनमा उनको बेग्लै चिनारी बन्न थाल्यो । एक पछि अर्को गित गर्दै प्रमोदको व्यस्तता बढ्न थाल्यो । बिभिन्न कन्सर्टहरुमा पनि उनको खोजी हुन थाल्यो । यति सम्म की  हाइ रेन्जको गीत, ब्याकग्राउन्ड गीत, स्याड भर्सनको गीतका लागि संगीतकारले प्रमोदलाई नै सम्झन थाले ।

म बिना कसै कसैलाई मुस्किल छ पोखरामा बोलको गितले उनलाई देश देखी बिदेशमा लोकप्रिय बनाएको थियो । यो गीत सार्वजनिक भए पछि, यो गितले उनको जीवनको लय नै फेरिदियो । गीत रेकर्डिङ, कन्सर्ट आदिले उनलाई  भ्याई(नभ्याई बनायो । हाल प्रमोदले गाएको दर्जनौ गितलाई नेपाली दर्शकले रुचाएका छन् । तर पनि जुनसुकै कार्यक्रममा गाएर गित गाउँदा यो गीतको माग आउने गरेको छ । प्रमोदले विगतमा पिरामिड कलेज र ह्वाइट गोल्ड कलेजमा प्रवक्ताको रूपमा कार्यसम्पादन गरिसकेका छन् ।

Tags: द भ्वइस आफ नेपालप्रमोद खरेल
Previous Post

नयाँ टेलिसिरियलको तयारीमा जिग्री

Next Post

रामकृष्ण ढकालले कोरोना संक्रमितका निम्ति जुटाए १८ लाख

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
Ram krishna Dhakal

रामकृष्ण ढकालले कोरोना संक्रमितका निम्ति जुटाए १८ लाख

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।