BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली कलाकर्मीः केही सहयोगी कोही संक्रमित

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १, २०७८, ४:२७ मध्यान्ह
in FEATURE, अन्य
नेपाली कलाकर्मीः केही सहयोगी कोही संक्रमित
120
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल / नेपालमा कोरोनाको दोश्रो लहरका कारण सबैजसो क्षेत्र बन्दाबन्दीका मारमा छन् । महामारीको रुपमा फैलिएको कोरोनाका कारण दैनिक २०० भन्दा धेरैको मृत्यू भइरहेको अवस्थामा करिन १० हजार संक्रमित दैनिक थपिन थालेका छन् । सबै क्षेत्रलाई नराम्रोसँग असर गरेको यो भाइरसले कलाकारिता क्षेत्रमा पनि उत्तिकै हानी पुर्याएको छ । कतिपय कलाकार कोरोना नियन्त्रणका लागी भनेर सहयोगका लागी पनि अगाडी देखिएका छन् ।

अभिनेता निखिल उप्रेती, कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, पाइलट तथा कलाकार विजय लामा लगायतले निःशुल्क अक्सिजन सहितको एम्बुलेन्स सेवाको व्यवस्था गरेका छन् भने अभिनेता पल शाहले अक्सिजनका सिलिन्डर संकलन अभियान सन्चालन गर्दै आएका छन् । उनले अक्सिजन सहितका सिलिन्डर संकलन र खरिद गरेर बिभिन्न अस्पतालहरुलाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् । अभिनेता शाहले आफ्नो नाममा फाउन्डेसन खडा गरेर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । यसका लागि उनी आफैं फिल्डमा खटिएका छन् । उनले अक्सिजन खरिदका लागि हाम्रो टिम नेपाललाई २ लाख सहयोग समेत गरेका छन् ।

यस्तै अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले पनि हाम्रो टिम नेपाललाई निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन ५० हजार रुपैया सहयोग गरे । हास्य कलाकार राजाराम पौडेलले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि एक लाख सहयोग गरेका छन्।

नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकारहरुले सहयोगी हात अघि बढाइरहदा केही कलाकारहरु भने कोरोना भाइरसको मारमा परेका छन् । पहिलो लहरमा पनि केही कलाकारहरुले कोरोना संक्रमणबाट ग्रसित बन्नु परेको थियो । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाइ पनि पहिलो लहरमै कोरोना संक्रमण पुष्ठि भएको थियो । अन्य धेरै कलाकारहरुलाई भने दोश्र्रो लहरको कोरोना संक्रमण पुष्ठि भएको छ । कोरोना संक्रमण पुष्ठि हुने कलाकारहरुमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ,हास्य कलाकार तथा निर्देशक शिवहरि पौडेल, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने, निर्देशक तथा कलाकार दीपक आचार्य, अभिनेत्री वर्षा राउत, केकी अधिकारी,शिल्पा मास्के,गायक प्रकाश सपुत, कलाकार यमन श्रेष्ठ लगायतका कलाकर्मीहरु कोरोनाबाट संक्रमित बन्नु परेको छ । कोरोना संक्रमण पुष्ठि भएका कलाकारहरु मध्य गायक प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी भने संक्रमण मूक्त भइसकेका छन् ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ हाल उपचाररत छन् । कोरोना संक्रमित भएर ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, श्वासप्रश्वासमा समस्या आएपछि मदनकृष्णलाई फेरि अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था समान्य रहेको र नियमित कुराकानी भइरहेको मदनकृष्णका छोरा समेत रहेका कलाकार यमन श्रेष्ठले जानकारी दिएका छन् । केही दिन भित्रमा श्रेष्ठको डिस्चार्जको तयारी भइरहेको पनि बताइएको छ । निर्देशक तथा कलाकार दीपक आचार्य पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा छन् । उनको अवस्था पनि सामान्य रहेको छ ।

कलाकार तथा निर्देशक शिवहरि पौडेललाई नैकापस्थित एपीअफ अस्पतालमा भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनको भने अक्सिजनको सहारामा उपचार भैरहेको बताइएको छ। तर बिभिन्न सञ्चारमाध्यममा खवर आएजस्तो जटिल अवस्था भने नरहेको हास्यकलाकार किरण केसीले पुष्टि गरेका छन् । कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने घरमै आइसोलेसनमा छन् । उनिहरुको स्वस्थ्य अवस्थामा कुनै जटिलता नरहेको पाि बताइएको छ । यता अभिनेत्री वर्षा राउत र शिल्पा मास्के पनि समान्य अवस्थामा नै आइसोलेसनमा रहदै आएका छन् ।

Tags: Newsकेदार प्रसाद घिमिरे ‘माग्ने बुढा’निखिल उप्रेतीपल शाहप्रकाश सपुतमदनकृष्ण श्रेष्ठवर्षा राउतशिवहरि पौडेल
Previous Post

मदनकृष्ण श्रेष्ठको आज जन्मदिन, कलाकारिताको सुरुवात देखि अन्तरजातीय बिहेसम्मको रोचक प्रसङ्ग

Next Post

अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन

अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।