BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मदनकृष्ण श्रेष्ठको आज जन्मदिन, कलाकारिताको सुरुवात देखि अन्तरजातीय बिहेसम्मको रोचक प्रसङ्ग

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख ३१, २०७८, ११:४५ बिहान
in FEATURE, राेचक घाेचक
मदनकृष्ण श्रेष्ठको आज जन्मदिन, कलाकारिताको सुरुवात देखि अन्तरजातीय बिहेसम्मको रोचक प्रसङ्ग
1.3k
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल / वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । श्रेष्ठ विक्रम सम्वत २००७ सालमा काठमाण्डौको जितपुर फेदीमा जन्मिएका थिए । उनको वास्तविक जन्मदिन भने वैशाख ७ गते भए पनि उनले तिथिअनुसार जन्मदिन मनाउने भएका हिसाबले उनको जन्मदिन आज परेको छ ।

वरिष्ठ हास्य कलाकार श्रेष्ठले हास्य व्यङ्ग्यको विकास गर्न र यसलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन् । हास्य व्यङ्ग्य क्षेत्रका कलाकारहरुले वरिष्ठ हास्य कलाकार श्रेष्ठलाई नेपाली हास्य व्यङ्ग्य क्षेत्रका पिता मान्ने गरेका छन् । नेपालमा राजनीतिक व्यङ्ग्य गर्न कठिन भएको समयमा मदनकृष्णले हरिवंश आचार्यसँग मिलेर हास्य व्यङ्ग्यको सुरुवात गरेका थिए । हास्य व्यङ्ग्य हालको अवस्थामा आउनुको पछाडि यिनै महजोडिको महत्वपूर्ण योगदान रहेको मानिन्छ ।
उनीहरुले नै त्यस समयको राज्य व्यवस्थालाई झटारो हान्ने हिम्मत गरेका थिए । हाल मदनकृष्ण कोरोना भाइरस सङ्क्रमण भएर उपचार रत छन् । उनको स्वास्थ सुधार उन्मुख रहेको छ ।                             

कस्तो थोयो बाल्यकाल ?

बाल्यकालमा म अलि अल्लारे र चकचके स्वभावका थिएँ । मलाइ के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुराको जानकारी थिएन । मनमा लागेको कुरा फ्याट्ट गरि पनि हाल्थे । आफ्नो कारणले कोही हाँस्यो भने एकदमै खुशी लाग्थ्यो । कलाकारितामा लाग्छु भनेर धेरैसम्म लागेको थिएन । तर आफ्नो कारणले कोही रमाएको देख्दा खुशी लाग्थ्यो ।

पहिलेदेखि नै कार्यक्रमहरुमा भाग लिने गर्थेँ । स्टेजमा गएर बोल्नेबित्तिकै मानिसहरु हाँस्न थाल्थे । मैलै त क्यारिकेचर गर्नै पर्दैनथ्यो । पछि त यस्तो छाप बस्यो कि मैले हँसाउनै पर्न छाड्यो, मानिसहरु मेरो नामले नै हास्न थाले।                                                         

कसरी सुरु भयो कलाकारिता यात्रा ?

सानैदेखि कलाकार हुने चाहाना थियो । तर त्यसबेलाको समयलाई मध्यनजर गर्दा मलाई कलाकारितामा आउँछु जस्तो लागेको थिएन । मलाई हास्य व्यंग्यमा भन्दा धेरै सङ्गितमा रुचि थियो । त्यसैले सुरुवातमा मैले संगीत समेत सिकेको थिएँ । लक्ष्य भने केहि पनि थिएन । साथीहरुको कर र आफ्नै रहरै रहरमा संगीत सिक्न थालेँ तर त्यसलाई निरन्तरता दिन भने सकिन ।

मैले सङ्गीत सिक्दै गर्दा हजुरबुवा बित्नु भयो । त्यसपछि मैले सङ्गीत पनि सिक्नै छाडे । पारिश्रमिक बिनै धेरै समय दर्शक हँसाउने कार्यमा सक्रिय भइयो । त्यस समय हमीलाई धेरैले जोक्करको दर्जामा राखेर हेर्ने गर्थे । तर बिस्तारै समयले गति लिन थाल्यो । विभिन्न कार्यक्रमहरुमा डिमाण्ड आउन थाल्यो । डिमाण्ड अनुसार हसाउन बोलाउथे तर पारिश्रमिक भने दिदैन थिए । पछि हरिवंशसँग सहकार्य गरेको केही समय पछि भने पारिश्रमिक सहित काम गर्न थाल्यौँ दुईजना भए पछि जे गर्न पनि हिम्मत आउन थाल्यो ।

२०३८ सालमा अरुलाई हँसाएर हामीले पहिलो पटक पारिश्रमिक लिएका थियौं । त्यस पछिका दिनहरुमा भने हामी दुईको सहकार्यले पनि कलाकारिता यात्रा सहज हुँदै गयो । बिस्तारै आर्थिक रुपले पनि हामी बलियो हुन थाल्यौँ । मलाई राम्रो याद छ, हाम्रो पहिलो कमाइ ५०० रुपैयाँ थियो । त्यसलाई आधा आधा गर्दा मेरो भागमा २५० रुपैयाँ परेको थियो ।                     

कसरी भयो यशोदासँ भेट ?

मेरो र यशोदाको पहिलो भेट २०२६ सालमा भएको थियो। त्यस समय म कर्मचारी सञ्चय कोषमा कार्यरत थिएँ । उनी पनि त्यहीँ काम गर्थिन । एउटै अफिस भएकाले हाम्रो भेट दैनिक हुने गर्थ्यो । काम गर्ने क्रममा कुराकानी बाक्लिदै गयो । बिस्तारै एक अर्कासग नजिक भयौँ । ऊ एकदिन अफिस नआउदा पनि मलाई न्यास्रो लाग्न थाल्यो । सायद उनलाई पनि त्यस्तै हुन्थ्यो होला । म हसाइ रहन्थे । उनी ठिक्क बोल्थिन । त्यस बेला म १९ वर्षको थिएँ ।

सायद उमेर त्यस्तै भएर पनि होला राम्रो केटी देखेपछि ओहो ! भन्ने हुन्थ्यो । मनमा कुराहरू खेल्ने गर्थे । उनी भने ठिक्क हाँस्ने, ठिक्क बोल्ने, मेरो कुरामा रमाउने गर्न थालिन् । भित्र भित्रै म उनलाई चाहान थालेको थिएँ । सायद उनी पनि चाहान्थिन । समय त्यस्तै भएकोले पनि होला, म तिमीलाई माया गर्छु भन्ने अवस्था नै आएन कहिले पनि । हामी एक अर्कालाई चाहन्छौं भन्ने कुरा दुवैको व्यवहारले नै बताइदियो । अन्तत हामी बिवाहा गर्ने निर्णयमा पुग्यौं ।                 

म गायनमा पनि उत्तिकै सक्रिय थिएँ । २६ सालतिर मैलै गीत गाएर पहिलो अवार्ड समेत पाइसकेको थिएँ । त्यसबेलाको चर्चित अखबार राइजिङ्ग नेपालमा मेरो नाम छापिएको थियो । त्यो बेला अखबारमा नाम निस्किनु भनेको निकै ठूलो कुरो थियो । धेरैपछि आएर मात्र कलाकारहरुलाई मान्यता दिने पत्रपत्रिकाहरु निस्किए । पहिलो पटक मेरो नाम छापिएको त्यो पत्रिका म सँग अहिले पनि सुरक्षीत छ ।                   

कसरी सम्भब भयो अन्तरजातीय विवाह ?

मेरो श्रीमती सुवेदी हो । उनी बाहुनकि छोरी र म नेवारको छोरा भएकाले विवाहको लागि कठिनाइ आयो । त्यो बेलामा त झन अन्तरजातीय विवाह भनेको अपराध सरह मानिन्थ्यो । समाजले एकदमै कुरा काट्ने विषय थियो यो । नाक खुम्च्याउने विषय हुन्थ्यो अन्तरजातीय विवाह । तर हामीले भने आँट गरेर विवाह गर्ने निर्णयमा पुग्यौं । हामीले २०३० सालमा भक्तपुरको सूर्य विनायक मन्दिरमा भागी विवाह गर्‍याैँ ।

हामीले विवाह गरेको कुरा घरमा पुगेन । तर मेरो परिवारमा भने मैले नभने पनि बाहिरबाट थाहा पाउनु भएको रहेछ । परिवारले थाहा पाउँदा पाउँदै पनि थाहा नै नपाए जस्तो गररिरहनु भएको रहेछ भन्ने पछि मात्र थाहा पाएँ । हाम्रो विवाहमा केही साथीहरू मात्र सहभागी भएका थिए ।

हामीले विवाहमा सानो पार्टी पनि राखेका थियौँ । विवाहपछि हामी घर गएनौँ । न्यूरोडमा ६० रुपैयाँमा कोठा भाडामा लिएर बस्न थाल्यौँ । तर हामीलाई कोठामा त्यसरी धेरै दिन बस्नु परेन । १४ दिन पछि हामीलाइ लिन मेरो फुपूको छोरा आउनुभयो । सायद बुवाले नै लिन पठाउनु भएको थियो । त्यस समय मलाई बुवासग निकै डर लाग्थ्यो त्यही भएर पनि घरमा गएपछि बुवाको अनुहारमा हेर्ने आट गर्न सकिन ।       

मेरो बुवाले १५ वर्ष प्रधानपञ्च भएर काम गर्नुभएको थियो । उहाँले गाउँमा झगडा मिलाइदिन काम पनि गर्दै आउनु भएको थियो । यही कारण पनि जति गाह्रो हुनु पर्ने हो त्यति गाह्रो भने भएन । बुवाले आफू आउन नसकेर दाइलाई लिन पठाउनु भएको थियो । कहिले जाउ भैरहेको बेला लिनै आउदा के खोज्छस कानु अँखा भएको थियो । म नजाने कुरै भएन । अनि घरमा विधि विधानपूर्वक नै विवाह गरेर भित्र्याउनु भयो । हामीले नेवारी परम्पराअनुसार फेरि विवाह गर्यौँ । तर यशोदाको माइतीबाट भने सम्पर्कै भएको थिएन ।

मेरो आमा म ६ महिनाको हुँदा बित्नुभयो । मलाई मेरो बुवाले र मेरो फुपूहरुले हुर्काउनु भएको हो । मेरो जीवनमा आमाको भूमिका पनि बुवाले नै निर्वाह गर्नु भएका कारण धेरै दिनसम्म टाढिएर बस्न बुवालाई पनि गाह्रो भएछ र मलाई पनि त्यस्तै भएको थियो ।

छोरा जन्मेपछी बल्ल ससुराली 

मेरो ससुराली प्रसङ्ग पनि निकै रोचक बन्यो । विवाह गरेको चार वर्षपछि बल्ल पहिलो पटक ससुराली जान पाइयो । पहिलो पल्ट ससुराली जाँदा हाम्रो छोरा जन्मिसकेको थियो ।
त्यस बेला म त खुशी थिएँ नै त्यो भन्दा धेरै यशोदाको खुशी हेर्दा निकै मज्जा लाग्यो । त्यहाँ निकै चहलपहल थियो । त्यो देखेर मलाई निकै खुशी लागेको थियो ।

त्यस बेला सम्ममा मेरो पनि नाम चलिसकेको थियो । त्यसकारण उहाँहरुलाई पनि ठिकै रहेछ भन्ने भयोहोला सायद । त्यसैले पनि बोलाउनु भएको होला । त्यसपछी भने हाम्रो सम्बन्ध पनि सुमधुर बन्दै गएको थियो । अहिले यशोदा हामीसँग छैनन् । तर पनि उनिसँग बिताएका पलहरु अहिले पनि तजै छन् । म उनलाई अहिले पनि पल पलमा सम्झिरहेको हुन्छु ।

Tags: मदनकृष्ण श्रेष्ठमदनकृष्ण श्रेष्ठ जन्मदिनयशोदा सुवेदी श्रेष्ठहरिवंश आचार्य
Previous Post

प्रधानमन्त्रीलाई गैडाको सुझाव ‘नागरिकको मन जितिदिनु’

Next Post

नेपाली कलाकर्मीः केही सहयोगी कोही संक्रमित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
नेपाली कलाकर्मीः केही सहयोगी कोही संक्रमित

नेपाली कलाकर्मीः केही सहयोगी कोही संक्रमित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।