BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १, २०७८, ७:३७ मध्यान्ह
in चलचित्र
अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन
77
SHARES
Share on FacebookShare on Twitter

इटहरी  / अभिनेता निखिल उप्रेतीले आज जन्मदिन मनाएका छन् । सर्लाहीको पिपराभित्तामा जन्मिएका निखिलले आज आफ्नो ४५ औं जन्मदिन मनाएका हुन् । कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा भएकाले पनि अभिनेता उप्रेतीले आफ्नो परिवारका साथ घरमै जन्मदिन मनाएका हुन् । उनको जन्मदिनमा अभिनेत्री सञ्चिता लुइटेल लगायत बिभिन्न कलाकारहरुले सामाजिक सञ्जालमा शुभकामना दिएकी छन् ।

बुवा गोबिन्द उप्रेती र आमा भोजकुमारि उप्रेतीका कोखबाट जन्मिएका उनले सानै छदा करातेमा ब्ल्याक बेल्ट हासिल गरेका थिए। नेपाली चलचित्र ‘पिँजडा’बाट नेपाली चलचित्र नगरीमा उदाएका निखिलको वास्तविक नाम भने दिनेश उप्रेती हो । निर्माता तथा कलाकार पवन मैनालीले उनको नाम ‘निखिल’ राखिदिएको बताइन्छ । अभिनेता उप्रेतीले हाल सम्ममा झण्डै एक सय भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।

धेरैले अभिनेता उप्रेतीलाई नेपाली चलचित्र नगरीमा एक्सन स्थापित गर्ने मुख्य पात्रका रुपमा चित्रण गर्ने गरेका छन् । नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले उनले मुम्बईमा रहेर अभिनय र स्टन्ट गरेका थिए भने पाँच वर्षसम्म मुम्बईमै बलिउड फिल्मका लागि संघर्ष गरेका थिए । अभिनेता उप्रेतीले नेपाली मात्र नभएर भोजपुरी चलचित्रमा समेत आफ्नो अभिनय कौसलता प्रस्तुत गरिसकेका छन् । अभिनेत्री सञ्चिता लुइटेलसँग दोश्रो बिवाह गरेका निखिलले पहिलो विवाह भने कोपिला उप्रेतिसंग गरेका थिए । पछी अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष भारत पलायन भए । भारतबाट फर्किएपछि फिल्म अभिनय, निर्माण र निर्देशनमा फर्किएका निखिल हाल चलचित्र निर्माणमा लागेका छन् ।

अभिनेता उप्रेती दर्शकमाझ ‘एक्सन किङ्ग’को रुपमा परिचित छन् । पहिलो फिल्म ‘पिंजडा’ देखि नै उनी एक्सन गर्ने अभिनेताको रुपमा स्थापित भए । नेपाली फिल्मका ‘एक्सन किङ्ग’ अभिनेता निखिल उप्रेती धार्मिक र आध्यात्मिकमा पनि उत्तिकै चासो राख्ने गर्छन् । पछिल्लो समय उनि समाजसेवामा पनि उत्तिकै सकृय रहदै आएका छन् । फुर्सदको समयमा चित्रकलामा आफ्नो समय व्यतित गर्ने अभिनेता उप्रेतीका एक छोरा र एक छोरी रहेका छन् ।

पिंजडा, मायाको जाल, कर्तव्य, शिवशक्ति, कुरुक्षेत्र, राम लक्ष्मण, हामी तीन भाइ, अग्निपथ, बारूद, निखिल दाइ, धर्मा, विदाइ, मिस्टर डन, गिरफ्तार, सावधान, सम्झना, धमाका, दाग, भाइभाइ, निशाना, क्रोध,अभिमन्यु,भाग्य, वरमाला, ए पण्डित बाजे, मानिस, युद्ध, पालेदाइ, मर्यादा, करन अर्जुन, हामी साथी, भाइ, दोबाटो, देश देखि परदेश, दुनियाँ, त्रिशूल, जन्मभूमि, इनसाफ, घायल, जीवन मृत्यु, पर्खि बसेँ, जिन्दगी, परिचय, जय शिव शंकर, पहिलो पहिलो माया, कर्म योद्दा, क्यारें ग्यां २, जोडी नं वान, पापी मान्छे, पापी मान्छे २, धड्कन, फर्केर हेर्दा, अग्नि ज्वाला, आमाको काख, मिसन पैसा, दोस्ती, भैरव, लूटेरा,, राधे, पिंजडा ब्याक अगेन, किंग लगायत एक सय भन्दा धेरै फिल्महरुमा निखिलले अभिनय गरेका छन् ।

Tags: Newsनिखिल उप्रेतीले आज जन्मदिन
Previous Post

नेपाली कलाकर्मीः केही सहयोगी कोही संक्रमित

Next Post

सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
चलचित्र ‘कुमारी’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शन हुने पक्का

चलचित्र ‘कुमारी’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शन हुने पक्का

माघ १४, २०८२, २:३८ मध्यान्ह
Next Post
सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?

सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।