विशेष अनलाइन । चर्चित नेपाली चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। हालै देशमा भएका घटनाक्रमहरूप्रति कडा प्रतिक्रिया जनाउँदै उनले आफ्नो फेसबुक पोस्टमार्फत सत्तासीन नेताहरूको आलोचना गरेका छन्।
निश्चल बस्नेतले आफ्नो पोस्टमा लेखेका छन्:
“बैरी भएछ राज्य, दबाउन खोज्दैछ भिन्न बिचार बोकेका आवाज। उ सुन्न चाहदैन आफु अनुकुल नभएको आवाज, उ सुनाउन मात्र चाहन्छ आफुले लडेको इतिहास!!! बदल्न खोज्दैन अबस्था देशको!!! बुझ्न खोज्दैन कारण बिग्रीएको परीबेषको!!! जनतालाई जुदाईराख्ने यस्ता राजनिती र राजनेता मुर्दाबाद! २ जना जनता मरेका छन्। कसरी मरेका छन् आखा खोलेर हेर्नुहोला बरिष्ठ ज्यूहरू। जनताको ज्यान भन्दा ठुलो तिमीहरूको कुर्सी मोहलाई मेरो माझी औंलाको सलाम!!!”
उनको यो भनाइले सामाजिक सञ्जालमा ठूलै चर्चा पाएको छ। नेपाली जनताको आवाज दबाउने प्रवृत्तिप्रति उनले आक्रोश पोख्दै सरकारको आलोचना गरेका छन्। उनको पोस्टलाई समर्थन गर्दै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारप्रति असन्तुष्टि जनाएका छन्।
राजनीतिक व्यवस्थाप्रति असन्तोष निश्चल बस्नेतले राज्यको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। सरकारको प्राथमिकता जनताका समस्याभन्दा आफ्नै स्वार्थमा केन्द्रित रहेको उनको आरोप छ। विशेषगरी हालै देशका विभिन्न स्थानमा भइरहेका आन्दोलन, विरोध प्रदर्शन, र सुरक्षाकर्मीको ज्यादतीको सन्दर्भमा उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
उनको यो भनाइले सत्तारुढ नेताहरूलाई कुनै फरक पर्ला या नपर्ला यो उनीहरु नै जानुन् । तर, यथार्थ बोल्ने स्वरलाई दबाउन खोज्ने प्रयासहरूलाई निश्चल बस्नेतजस्ता कलाकारहरू रोक्न तयार छन् भन्ने चाहिँ स्पष्ट देखिएको छ।
Discussion about this post