BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को ताज आकृती खरेललाई

विशेष अनलाइन by विशेष अनलाइन
पुस १७, २०७८, ८:३८ मध्यान्ह
in FEATURE, अन्य
‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को ताज आकृती खरेललाई
75
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन – साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुती र ओजस फिल्मस प्रालीको आयोजनामा भएको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’ तेस्रो संस्करणको ताज बिर्तामोडकि आकृती खरेलले जितेकी छन् । खरेलले बिजेताको ताजसंगै ५१ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै फर्स्ट रनरअप सलुजा शाह र सेकेन्ड रनरअप सगुन थापा भएकी छन् । शाह र थापा पनि बिर्तामोडकै हुन् भने सलुजाले २१ हजार नगद, ट्रफी, प्रमाणपत्र र सगुनले १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । यो संगै अफिसियल म्युजिक भिडियोमा फिचर्ड तथा आयोजक कम्पनीले निर्माण गर्ने ठूलो पर्दाको चलचित्रमा अभिनयको मौका पाउने भएका छन् ।

फरक र बृहत् कन्सेप्टमा प्रदेश १ मा आयोजना गरिएको बालबालिका केन्द्रित यो सौन्दर्य प्रतियोगितामा धरान, बिराटनगर र बिर्तामोडका बालबालिकाहरु सहभागी भएका थिए । धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाईनलका लागि छनौट भएका थिए । ग्राण्ड फिनाले कार्यक्रम गएको १० गते नै भएको थियो । तर, कार्यक्रम चल्दै गर्दा केही अभिभावकहरुको असन्तुष्टिपछि कार्यक्रम सम्पन्न हुन सकेको थिएन । कार्यक्रम रोकिएपछि अभिभावकहरु संग आन्तरिक छलफलपश्चात् यहि १५ गते ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको आयोजक कम्पनिका प्रबन्ध निर्देशक साइमन राजबंशीले जानकारी गराए । प्रतियोगिताको धरानमा पौष १ गते, बिर्तामोडमा पौष ३ गते र बिराटनगरमा पौष ५ गते सेमिफाइनल भएको थियो ।

सहभागीहरुलाई सम्बन्धित ठाउमै १५ दिनको ज्ञान वृद्धि तथा र्याम्प वाल्कको कक्षा सन्चालन गरिएको थियो । धरानबाट ६, बिराटनगरबाट १२ र बिर्तामोडबाट ११ जनाले फाईनल चरणमा प्रवेश पाएका थिए । धरानबाट पृशा श्रेष्ठ, सायन राई, मेनुका परियार, श्रुति श्रेष्ठ, प्रजु राउत र आरध्या भट्टराई छनौट भएका थिए भने बिराटनगरबाट जेनिशा थापा, सिवानी तामाङ, समृद्धि रायमाझी, अन्विशा न्यौपाने, संयोग सुवेदी, यसिका भगत, प्रीकाशा श्रेष्ठ, रोजिना सरदार, काब्या कर्ण, उत्सव गुप्ता, वर्षा शर्मा र प्राथाना नेपाल छनौट भएका थिए । त्यस्तै बिर्तामोडबाट आकृती खरेल, संयोग न्यौपाने, बेदिता राजबंशी, सलुजा शाह, अनुशा सिटौला, सगुन थापा, कृषिका सिटौला, आयुष्का राई, सिनोल श्री श्रेष्ठ, दृष्टि धिमाल, आरध्या बुढाथोकी ग्राण्ड फिनालेको लागि छनौट भएका थिए । तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए ।

ग्राण्ड फिनाले कार्यक्रम झापा चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा भएको थियो । ग्राण्ड फिनालेमा लोकप्रिय बालगायक प्रीतम आचार्यको पनि उपस्थिति रहेको थियो । उनले यो शोको अफिसियल गीत र अन्य गीतहरु समेत गाएर मनोरञ्जन प्रदान गरेका थिए । आयोजक कम्पनीले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ । छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन् । उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकी छन् । उनी पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल ‘टि-सिरिज’बाट सार्बजनिक गरिने छ ।

राजबंशीका अनुसार ३० प्रतिशत छायांकनको काम सम्पन्न भएको छ । अब बाँकी ७० प्रतिशत छायांकन भने दार्जिलिङमा गरिदैछ । जसको लागि माघ १ गते टिम दार्जिलिङ जाने तयारीमा छ । सो भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकी बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भुमिका रहने छ । आयोजकको अनुसार यो कार्यक्रममा सहभागी सम्पुर्णले निर्माण तयारिमा रहेको ‘प्रधान द लिडर’ चलचित्रमा अभिनयको मौका पाउनेछन् । जुन चलचित्र यहि कार्यक्रम आयोजक कम्पनी साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टको ब्यानरमा निर्माण हुँदैछ । विग बजेटमा निर्माण गर्न लागिएको चलचित्र ‘प्रधान द लिडर’ नेपाली, हिन्दी, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुँदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ कलाकार अन्नु कपुर लगायतको समेत अभिनय रहने आयोजकले जनाएको छ ।

Previous Post

आफ्नै निर्णयका कारण अप्ठ्यारोमा चलचित्र संघ

Next Post

‘पशुपति प्रसाद’को सिक्वले निर्माण गर्ने दीपेन्द्रको घोषणा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
‘पशुपति प्रसाद’को सिक्वले निर्माण गर्ने दीपेन्द्रको घोषणा

‘पशुपति प्रसाद’को सिक्वले निर्माण गर्ने दीपेन्द्रको घोषणा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।