सुरेश बस्नेत । नेपाली चलचित्र करिब २ बर्ष पछि हलमा लाग्न थालेको छ । कोभिड १९ का कारण थलिएको चलचित्र क्षेत्र फेरि उदाउने आशा गरिएको छ । नेपाली चलचित्रले बजार कस्तो लिन्छ र नेपाली चलचित्र लगानिकर्ताहरुलाइ राहत देला नदेला अझै यसै भन्न सक्ने अवस्था छैन । ठुला ब्यानरका केही चलचित्रहरुले आफ्नो प्रदर्शन मिति तय गरे पनि ठुला ब्यानरका चलचित्रहरु हालसम्म प्रदर्शनमा आएका छैनन् ।
नेपाली निर्माता तथा निर्देशकहरु चलचित्र प्रदर्शनमा अनकनाइरहेका बेला नेपाली हलहरुमा भने विदेशी चलचित्रले उत्साहित व्यापार गर्न सफल भएको छ । पछिल्लो समय प्रदर्शनमा आएका विदेशी चलचित्रहरु सुर्यबंशी, पुष्पा , अत्रङ्गी रे , स्पाइडर म्यान, नो वे होम जस्ता चलचित्रले हल ब्यावसयीहरुलाइ उत्साही बनाएको छ ।
विदेशी लगानीमा निर्माण भएका चलचित्रहरुले उत्साह जनक व्यापार गरिरहेका बेला सोही समयमा प्रदर्शनमा आएको नेपाली चलचित्र चुरिफुरीले भने हलमा खासै चुरिफुरी देखाउन सकेन । बिदेशी चलचित्र प्रदर्शनमा आएकै कारण नेपाली चलचित्रले तोकेको प्रदर्शन मिति सारिरहेका छन् ।
२०७६ साल चैत्र ६ गते देखि १८ महिना बन्द बनेका चलचित्रहल नेपाल चलचित्र संघको २०७८ असोज १० गते बसेको बैठकबाट असोज २१ गते देखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरे सँगै पुनः सञ्चालनमा आएको थियो । बैठकमा बिभिन्न निर्णयहरु गरिए पनि मुख्य २ निर्णयहरुमा सबैको चासो थियो ।
बैठकले एउटा चलचित्र प्रदर्शन गरेको २ हप्ता सम्म अर्को चलचित्र प्रदर्शन गर्न नपाइने र नेपाली चलचित्र प्रदर्शनमा आएको बेला बिदेशी चलचित्र नेपाली हलमा नलगाउने निर्णय गरेको थियो । सुरुवातमा हल ब्यवसायीहरुले पनि उक्त निर्णयमा सहमति जनाएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । अवस्था फेरिएको छ ।
नेपाल चलचित्र संघले माइनोट लेखेरै गरेको निर्णय अब लागु हुनेमा चुनैति देखिएको छ । चलचित्र हेर्न हलसम्म जानुपर्छ भन्ने बिर्सिएका नेपाली दर्शकलाई विदेशी चलचित्रहरुले पुन स्मरण गराइदिएको छ । तर, विदेशी चलचित्र हेर्न हलमा उर्लिएका नेपाली दर्शक नेपाली चलचित्र हेर्न पुन हलसम्म आउने कुरामा चुनौति थपिएको छ ।
https://www.youtube.com/watch?v=fW6YAas06QQ
Discussion about this post