BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १५, २०७८, ९:३८ मध्यान्ह
in FEATURE, अन्य
धरानमा शिल्पी थिएटरको ‘ठूला माछा–साना माछा’मञ्चन
91
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । शिल्पी थिएटर काठमाण्डौका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ धरानमा मञ्चन गरिएको छ । धरान सभगृहको प्रांगणमा मञ्चन गरएको नाटकलाई थिएटर साहारा धरान र नाटक घर निर्माण उपभोक्ता समितिले संयूक्तरुपमा आयोजना गरेका थिए । शिल्पी थिएटरले पुर्वका ३ जिल्लाहरु झापा,मोरङ र सुनसरीका बिभिन्न शहरहरुमा नाटक मञ्चन गरेको थियो । शुक्रबार विराटनगरबाट सुरु भएको अभियान धरानमा मञ्चन गर्दै सम्पन्न गरिएको हो ।

सुनसरी, मोरङ र झापाका २१ स्थानमा नाटक मञ्चन गरिएको शिल्पी थिएटरले जानकारी दिएको छ । विराटनगरबाट सुरु भएको नाटक ‘ठूला माछा–साना माछा’ रंगेली, विराटचोक, दमक, विर्तामोड, काँकडभिट्टा,इनरुवा, इटहरी हुदै धरानमा मञ्चन गरेर सम्पन्न गरिएको हो ।

नाटक मञ्चनको सुरुवातमा बोल्दै स्थानिय आयोजक थिएटर साहारा धरानका अध्यक्ष नविन मेन्याङ्वोले धरानमा पनि नाटक मञ्चन गरिएको र उक्त आयोजनाको जिम्मेवारी थिएटर साहारालाई दिएको भन्दै शिल्पी थिएटरको टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नाटकमा राजनीतिक नेतृत्व,सरकारी कर्मचारी तथा ठेकेदारहरुले गरिव जनतालाई दिएको दुःख र उनीहरुले भोग्नु परेको सास्तीलाई सशक्त रुपमा उठान गगरिएको छ । नाटक ‘ठूला माछा–साना माछा’मा एक सम्पन्न परिवारको जिवनशैलि र एक निम्नवर्गिय परिवरको जिवनशैलिबिचको भिन्नतालाई पनि उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ । मानिसको मृत्युमा पनि पैसाकै खेल हुने गरेको कुरालाई नाटकले विशेषरुपमा देखाएको छ ।

नाटकले स्थानीय पालिकाहरूमा भएको भ्रष्टाचार, जनप्रतिनिधिहरूको झगडा, सरकारी अस्पतालको अवस्था, ठेक्कापट्टा, निर्माण व्यवसायमा हुने राजनिति, सरकारी कार्यालयहरूको सेवामा भइरहेको घुसखोरी, बिचौलियाको मारमा परेका किसानहरूको यथार्थपरक कथा,नेपालमा एम्वुलेन्स चालकको व्यवहार लगाउतका विषयहरुलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ ।

घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा सविन कट्टेल,पवित्रा खड्का, संगता उराँव,रेनुका कार्की ढोली, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्दओली, ज्याक बराल, हिमाल भुजेल र संजितथुलुङ राईले अभिनयन गरेका छन् ।

बेला बेला दर्शकलाई पेट मिचिमिचि हासाउन सफल भएको नाटकले बिभिन्न समयमा ति नै दर्शकलाई भावुक बनाएको थियो । धरानमा उपस्थित भएर नाटक हेरेका अधिकांश दर्शकले नाटकको खुलेर प्रशंसा गरेका थिए ।

पुर्वका ३ जिल्लाहरुमा मञ्चन भएको नाटक ‘ठूला माछा–साना माछा’लाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजार नगद सहित पुरस्कृत समेत गरिने नाटकका परिकल्पनाकार तथा निर्देशक घिमिरेले जानकारी दिएका छन् ।

वि स २०६३ साल बैशाख ११ गते स्थापना भएको शिल्पी थिएटरले स्थापना काल देखिनै देशको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ट नाटकहरु प्रस्तुत गर्दै आएको छ ।

Tags: ठूला माछा–साना माछाशिल्पी थिएटर
Previous Post

२७ दिनपछि जेल मुक्त बने साहरुख खानका छोरा आर्यन

Next Post

‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत

‘संग संगै’मा टिकटक बनाएकी धनकुटाकी पुजा पुरस्कृत

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।