इटहरी / अभिनेत्री पूजा शर्माको फ्यान क्रेज अन्य कलाकारको तुलनामा छुट्टै र लोभलाग्दो छ । उनि जे हो त्यो प्रश्ट बोल्ने गर्छिन् । आफुलाई जिब्रो चबाएर फेक कुरा बोल्न नआएको उनले बताएकी छन् ।
म जे हो त्यो प्रश्ट बोल्छुर त्यसरी नै प्रश्तुत हुन्छु, मलाई जिब्रो चपाएर बोल्न आउदैन तर सबैले यस्तो कुरा नबुझ्ने पुजाले गनासो गरेकी छन् ।
पूजाले भन्छिन, अब मलाई फेक हुन मन लागेको छ । म वास्तविक जे हुँ, त्यही रुपमा देखिदा दर्शकले गाली गर्न थाल्नुभयो । मन पाराउनु भएन ।
पुजालाई धेरैले घमण्डी अभिनेत्री भन्ने गरेको भन्दै उनले भनिन् आफु जे हो त्यही देखाउँदा घमण्डी भनेर आलोचना खेप्नु परेको छ । यो क्षेत्रमा जिब्रो चपाएर बोल्नेको पिठो पनि बिक्छ तर सत्यताको चामल बिक्दैन,उनले गुनासो गरेकी छन् ।
Discussion about this post