BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ८, २०७८, १२:२४ मध्यान्ह
in FEATURE, गसिप
समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै
124
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय मनोरञ्जन नगरी अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको प्रेम प्रसंगका कारण चर्चामा छ । एक दिन पहिले गायिका समिक्षा अधिकारीले फेसबुकमा लामो स्ट्याटस लेख्दै बिभिन्न मिडियामा अभिनेता पल शाहसँग नाम जोडेर आफ्नो ब्यक्तिगत जिवनमा आँच पुर्याउने गरी समाचार आएको बताएकी थिइन् । त्यसको ठिक एक दिन पछि गायिका अधिकारी कै शैलिमा अभिनेता पल शाहले पनि सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मिडियामा आएका कुरा सत्य नभएको बताएका छन् ।

जसरी आफ्नो तस्विर सहित समिक्षाले स्ट्याटस शेयर गरेकी थिइन् सोही शैलिमा अभिनेता शाहले पनि आफ्नो तस्विर सहित लामो स्ट्याटस आपडेट गरेका छन् । अभिनेता शाहले हुँदै नभएको र नगरिएको आरोप आफुलाई लगाइएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र सांगीतिक सहकार्य समिक्षासँग भएको हो’ पल लेख्छन् ,’पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दुखी बनाएको छ ।’ समीक्षासँग रहेको मित्रतालाई अन्य नाम नदिन आग्रह गर्दै उनले चरित्र हत्या हुने गरी समाचार नबनाइदिन आग्रह गरेका छन् ।

आफ्नो पेशामा कसैसँग सहकार्य गर्नै पर्ने भएकाले अरुसँगको जस्तै समिक्षासँग पनि कामको सहकार्य भएको अभिनेता शाहले प्रस्ट्याएका छन् । मिडिया आफ्नो घर परिवार सरह रहेको बताउदै अभिनेता शाहले सोही परिवारका कारण आज आफु उक्त उचाइमा पुग्न सफल भएको उल्लेख गरेका छन् । ‘गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्रहत्या हुने कार्य नगरिदिनुहोला ।’ पलले भनेका छन् ।

हेर्नुहोस अभिनेता पल शाहद्वारा सार्वजनिके गरिएको भनाई उनकै शैलिमा
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक स्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकदीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनुहुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु।

अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। मैले सधैं दर्शक स्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु।

यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु। गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्रहत्या हुने कार्य नगरिदिनुहोला ।

यस्तै समीक्षाले पनि सामाजिक सञ्जालमार्फत नै आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले पलसँग जोडिएर आएको समाचारहरू कपोकल्पित रहेको उल्लेख गरेकी छिन् । ‘पलजीसँगको सम्बन्धलाई तोडमोड गरेर आएको समाचारले मेरो चरित्रहत्या भएको छ’ उनी लेख्छिन्, ‘एउटै नगरीमा रहेकाले उहाँले मलाई अभिभावकको हिसाबले माया गर्नु हुन्छ र दर्शकको माया पाएसम्म हाम्रो सहकार्य रहिरहने छ ।’

Previous Post

समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

Next Post

पारससँगको भेटपछि भरतमणिले भने ठूलो प्रसंशक भएँ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
पारससँगको भेटपछि भरतमणिले भने ठूलो प्रसंशक भएँ

पारससँगको भेटपछि भरतमणिले भने ठूलो प्रसंशक भएँ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।