इटहरी / कोरोना भाइरस र यसका कारण जारी निषेधाज्ञाका कारण धेरै नेपालीहरु अप्ठ्यारोमा परिरहेका छन् । धेरैको खाद्यन्न लगायतका सामाग्रीको अभाव हुन थालेको छ । यस्तो अवस्थामा नेपाली राजनितिक दल भने कुर्सीकै लडाँइमा छन् । जनतालाई समस्या हुनबाट जोगाउने भन्दा पनि कुर्सी जोगाउने र निकाल्ने खेल चलिरहेको छ । यस्तो अवस्थामा बिभिन्न नेपाली कलाकारहरु सहयोगका लागि अगाडि आइरहेका छन् । यसैक्रममा, अभिनेता रमित ढुंगानाले एक बाल गृहलाई आर्थिक सहयोग गरेका छन् ।
उनले काठमाडौंको जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । विगत १३ वर्षदेखि उक्त संस्था चलाइरहेकी श्वेता केसीलाई फाउण्डेसनमै पुगेर रमितले रकम हस्तान्तरण गरेका हुन् ।
रमित निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडिमात्र अमेरिकाबाट नेपाल आएका हुन् । महामारीको समयमा बाँचौं र बचाऔं भन्ने उद्देश्यले सहयोगी हात अगाडि बढाएको रमितले बताएका छन् । केही समय अगाडि अभिनेता अनुप विक्रम शाहीले एक अनाथ आश्रमका लागि एक लाख बराबरको खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
Discussion about this post