BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित देश दौडाहामा ‘अग्नीदहन’

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक २९, २०८१, ९:३८ बिहान
in FEATURE, चलचित्र
मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित देश दौडाहामा ‘अग्नीदहन’
73
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यति बेला चलचित्र ‘अग्नीदहन’को निर्माण युनिट कलाकार सहित देश दौडाहामा छन् । मान्छे बोक्सी हुन्न कहिल्यै अभियान सहित चलचित्र प्रचार प्रसारका लागि चलचित्र युनिट देश दौडाहामा निस्किएको थियो । बुधवार इटहरीमा पत्रकार सम्मेलन गर्दै चलचित्रका विषयमा जानकारी दिइयो । चलचित्र विशुद्ध आम नागरिकलाई मान्छे कहिले पनि बोक्सी हुँदैन भन्ने सचेत गराउने उद्देश्यले निर्माण गरिएको चलचित्रका वरिष्ठ संरक्षक मोहनराज पौडेलले  जानकारी दिए ।

चलचित्रमा अभिनय गर्ने कलाकारले समेत उदारता देखाएर बिना पारिश्रमिक अभिनय गरेको वरिष्ठ संरक्षक पौडेलको भनाई थियो । पछिल्लो समय नेपाली चलचित्रलाई दर्शकको साथ प्राप्त हुन थालेको उल्लेख गर्दै आफ्नो चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको चलचित्रका निर्देशक घनश्याम लामिछानेले बताए । पछिल्लो समय प्रदर्शनमा आएका सफल चलचित्रहरूको नाम नै लिँदै निर्देशक लामिछानेले सामाजिक कथावस्तुमा रहेर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’ पनि दर्शकको रोजाइमा पर्नेमा आफू विश्वस्त रहेको निर्देशक लामिछानेको भनाई थियो ।

समाजसेवा गर्न अत्यन्तै मन पर्ने बताउँदै चलचित्रका प्रमुख पात्रहरु मध्यका एक वरिष्ठ कलाकार प्रकाश घिमिरेले मान्छे बोक्सी हुन्न कहिल्यै अभियानको एउटा हिस्सा आफू पनि बन्न पाएकोमा खुसी व्यक्त गरे । ‘अग्नीदहन’सबै नेपालीले हेर्नै पर्ने सामाजिक चलचित्र रहेको कलाकार घिमिरेको भनाई थियो । चलचित्रमा रहेको आफ्नो भूमिकाका विषयमा बताउँदै कलाकार प्रमीला ताम्राकार तुलाचनले आफू चलचित्रमा एक पीडित महिलाको भूमिकामा प्रस्तुत भएको उल्लेख गरिन् । कस्ता मानिसलाई समाजले बोक्सीको आरोप लगाउँछ र वास्तविकता के हुन्छ भन्ने कुरालाई चलचित्रले उत्कृष्ट शैलीमा प्रस्तुत गरेको उल्लेख गरिन् ।

तराईका क्षेत्रमा यस्तो कुप्रथा धेरै हुने गरेको कुरालाई मध्यनजर गर्दै तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत चलचित्रको डबिङ गरिएको छ भने अङ्ग्रेजी भाषामा समेत सबटाइटल गरिएको छ । चलचित्र ‘अग्नीदहन’को कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेखेका हुन् । चलचित्रमा वरिष्ठ कलाकार प्रकाश घिमिरे,प्रमीला तुलाचानका अलावा माओत्से गुरुङ, मोहनराज पौडेल,अनुपमा भण्डारी,तुलसी क्षेत्री,विष्णु बास्तोला लगायतको अभिनय रहेको छ ।

चलचित्र युनिट पोखराबाट, बुटवल, चितवन, हेटौडा हुँदै पूर्व आएको हो । सुनसरीको इटहरी पछि विराटनगर,दमक बिर्तामोडका पत्रकार भेटघाट गरी काठामाण्डौ लाग्ने कार्य तालिका रहेको चलचित्रका निर्देशक लामिछानेले जानकारी दिएका छन् ।

 

Previous Post

निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध प्रहरीमा उजुरी

Next Post

‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने

‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।