BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कोरोना महामारीमा सहयोगी हात, रियल हिरो बन्दै कलाकार

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १२, २०७८, ६:१४ मध्यान्ह
in FEATURE, अन्य
कोरोना महामारीमा सहयोगी हात, रियल हिरो बन्दै कलाकार
306
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  कोरोना भाइरस र यसका कारण जारी निषेधाज्ञाका कारण नेपालको सबैजसो क्षेत्र ठप्प छन् । जारी निषेधाज्ञाका कारण गरिब, असाहाय, वृद्ध, अपाङ्गहरु साथै यस्ता व्यक्तित्वहरुलाई आश्रय दिँदै आएका संस्थाहरु समस्यामा परिरहेका छन् । राजनैतिक दल यस्ता समस्याको सामाधानलाई बेवास्ता गर्दै आफ्नै स्वार्थमा रमाइरहेका बेला नेपाली कलाकर्मी साहयोगी भावनाका साथ अघि आइरहेका छन् । नेपाली जनताको नेताप्रतिको विस्वास टुट्दै गइरहेका बेला नेपाली कलाकारहरुले भने चोटमा मल्हम लगाउने काम गरिरहेका छन् । आवस्यक परेको सययमा नेपालीको ज्यान बचाउन दिलोज्यान लगाएर सहयोग गर्ने उदाहरणिय पात्र बनिरहेका छन् बिभिन्न कलाकर्मीहरु ।
केरोना महामारी सुरु हुदैगर्दा देखि नै आफुलाई सेवामा समर्पित गर्ने कलाकार हुन् पल शाह । बिभिन्न अस्पतालहरुमा बिरामीलाई अक्सिजन पाउन समस्या भएको खबर बाहिरिना थालेपछि अभिनेता पल शाहले सहयोगी हात अगाडि बढाएका थिए । हाम्रो टिम नेपालसँगको सहकार्यमा उनले अक्सिजनका सिलिन्डर संकलन अभियान नै चलाएका थिए । अभियानका साथै अक्सिजन ग्यास खरिदका लागि हाम्रो टिम नेपाललाई उनले आर्थिक सहयोग पनि गरेका थिए ।

paul shah

अभिनेता पल शाहले आफुलाई रिलको मात्र नभएर रियल हिरोको रुपमा समेत प्रस्तुत गरिरहेका छन् । अभिनेता शाहले आफ्नो नाममा फाउन्डेसन नै खडा गरेर समस्यामा परेका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएका छन् । यस समयमा मात्र नभइ उनले अघिल्लो लकडाउनको समयमा पनि रोजगारी गुमेर हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए । त्यस्तै, गायक दुर्गेश थापासँग सहकार्य गरेर विभिन्न ठाउँका बाढी पहिरो पीडितलाई खाद्यन्न, लत्ता कपडा पनि सहयोग गरेका थिए ।

त्यस्तै नेपालमा कोरोना संक्रमण दर उकालो लाग्दै जादा कोरोना संक्रमितका लागि अस्पतालसम्म पुग्न अक्सिनजन सहितको एम्बुलेन्स अभाव हुन थालेको थियो । सोही कुरालाई मध्यनजर गरेर कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढा, अभिनेता निखिल उप्रेती, पाइलट तथा कलाकार विजय लामा लगायतको सहकार्यमा निःशुल्क अक्सिजन सहितको एम्बुलेन्स सेवा सुरु गरिएको थियो । यसरी नै अवस्था असामान्य बन्दै जादा एक पछि अर्को कलाकारहरुले सहयोगी हात अघि बढाउदै गएका थिए । अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले पनि हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरे। कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउने अभियानकै लागी यो जोडीले ५० हजार नगद सहयोग गरेको हो ।

kedar ghimire

अभिनेता अनुपविक्रम शाहीलेअघिल्लो कोरोना महामारीका कारण जारी लकडाउनमा रोजगारी गुमेर हातमुख जोर्न समस्या भएका बिभिन्न नेपालीहरुलाई निःशुल्क खाना वितरण गरेका थिए । अभिनेता शाहले कोरोनाको दोस्रो लहर सुरु भएपछि काठमाण्डौको धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा आश्रित बालबालिकालाई डेढ महिनासम्म पुग्ने खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

हास्य कलाकार राजाराम पौडेलले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख सहयोग गरेका थिए। अभिनेता पुष्प खड्काले पनि आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका थिए । उनले सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई ५० हजार आर्थिक सहयोग गरेका थिए ।

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले पनि धुर्मुस सुन्तली फाउन्डेसन मार्फत बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित कोभिड अस्पताललाई ५० थान अक्सिजन सहयोग गरेका थिए । धुर्मुस(सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा समेत दिदै आएको छ ।

अभिनेता नाजिर हुसेनले अक्सिजन जुटाउन महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख नगद सहयोग गरे भने अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले मोरङको पथरी शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरे । उनिहरुले ‘इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएका हुन् ।

ramit dhungana

सोहीक्रममा विश्वभर संगठन विस्तार गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ ले कोरोनाका बिरामीका लागि ५० थान अक्सिजन रिफिल गरी काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरेको थियो भने अभिनेत्री सुमिना घिमिरेले चलचित्र प्राविधिक संघमा आवद्ध चालिस जना प्राविधिकलाई एक महिनासम्म पुग्ने रासन सहयोग गरेकी थिइन् । अभिनेता रमित ढुंगानाले पनि जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरे ।

सांगीतिक कार्यक्रमका लागि अमेरिका गएर उतै रहदै आएका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । पुगेका रामकृष्ण उतै रोकिएका छन् । नेपालमा कोरोना संक्रमणका कारण दैनिक २ सयको संख्यामा नेपालीहरुले ज्यान गुमाइरहेका छन् ।

सोही कुरालाई मध्यनजर गर्दै उनले अमेरिकामा रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुबाट उक्त रकम सहयोग जुटाएका हुन् । एक पछि अर्को गर्दै सहयोग जुट्ने क्रम जारी रहेको छ । बिभिन्न कलाकारहरुले आ–आफ्नै शैलीमा सहयोग हस्तान्तरण गरिरहेका छन् । यस किसिमको सहयोगले नेपालको बिसम परिस्थितिमा कलाकारहरु कति जिम्मेवार बनेका छन्ु भन्ने विषयलाई पनि चित्रण गरेको छ । साथसाथै यस किसिमको कलाकारको सहयोगी भावनाले उनिहरुलाई नेपाली दर्शकमाझमा बिस्वासको पात्रकारुमा चित्रण गरेको छ ।

Previous Post

मनकारी रमित : अनाथ बालबालिकालाई एक लाख सहयोग

Next Post

चलचित्र प्राविधिकलाई निर्मल शर्माको अर्थिक सहयोग

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
चलचित्र प्राविधिकलाई निर्मल शर्माको अर्थिक सहयोग

चलचित्र प्राविधिकलाई निर्मल शर्माको अर्थिक सहयोग

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।