BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्युचर रियल स्टेटका ब्राण्ड एम्बेसडर बने कुमार कट्टेल ‘जिग्री’

विशेष अनलाइन by विशेष अनलाइन
माघ ५, २०८२, ७:३४ बिहान
in FEATURE, चलचित्र, राेचक घाेचक
फ्युचर रियल स्टेटका ब्राण्ड एम्बेसडर बने कुमार कट्टेल ‘जिग्री’
57
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फ्युचर रियल स्टेट प्रा. लि. ले चर्चित हास्य कलाकार तथा अभिनेता कुमार कट्टेल ‘जिग्री’ लाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। आइतबार कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच फ्युचर रियल स्टेटका कम्पनी प्रमुख यम लामा र कलाकार कट्टेलबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार कट्टेलले आगामी एक वर्षसम्म फ्युचर रियल स्टेटले सञ्चालन गर्ने परियोजना तथा गतिविधिहरूको प्रचार–प्रसार गर्नेछन्। विशेष गरी मोरङको सुन्दरहरैचा क्षेत्रमा निर्माणाधीन फ्युचर कोलोनी लाई लक्षित गर्दै यो सम्झौता गरिएको कम्पनीले जनाएको छ। कलाकार कट्टेलको लोकप्रियता र सामाजिक पहुँचले परियोजनालाई अझ व्यापक रूपमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कम्पनी प्रमुख यम लामाका अनुसार फ्युचर कोलोनीलाई केवल आवासीय परियोजनामा सीमित नराखी चलचित्र र कला क्षेत्रसँग जोडिएको विशेष गन्तव्यका रूपमा विकास गर्ने योजना छ। सोही अनुरूप फ्युचर कोलोनी परिसरभित्र चलचित्रकर्मी महासंघको भवन, चलचित्र छायांकन स्थल तथा आधुनिक चलचित्र हल निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। “शहरी जीवनको चापबाट टाढा, शान्त, हरियाली र सुन्दर वातावरणमा बसोबास गर्न चाहने कलाकार तथा सर्वसाधारणका लागि फ्युचर कोलोनी उपयुक्त गन्तव्य बन्नेछ,” यम लामाले भने, “यसले कलाकार मात्र नभई चलचित्र उद्योगको समग्र विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिएका छौँ।”

ब्राण्ड एम्बेसडर बनेपछि कलाकार कुमार कट्टेलले फ्युचर रियल स्टेटको दीर्घकालीन सोच र कला–संस्कृतिसँग जोडिएको अवधारणाले आफूलाई आकर्षित गरेको बताए। उनले फ्युचर कोलोनीलाई नयाँ पुस्ताका लागि नमूना परियोजनाका रूपमा चिनाउन आफू सक्रिय रहने प्रतिबद्धता जनाए।

ब्राण्ड एम्बेसडर नियुक्तिसँग सम्बन्धित पारिश्रमिक भने दुवै पक्षको सहमतिमा गोप्य राखिएको छ।

Previous Post

चलचित्र ‘शिवांश’ को नयाँ गीत सार्वजनिक: फागुन १ मा हलमा आउने

Next Post

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

प्राविधिक कारण देखाउँदै ‘बिगुल’को प्रदर्शन स्थगित, अब फागुन १ गते बाट प्रदर्शनमा आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।