विशेष अनलाइन । असोज १३ गते फूलपातीको दिनबाट नेपाली चलचित्र ‘माइतीघर’ देशभरका हलमा प्रदर्शनमा आउँदैछ। केन्द्रीय चलचित्र जाँच पास समितिले (सेन्सर बोर्ड) यसलाई युनिभर्सल सर्टिफिकेट प्रदान गर्दै सबै दर्शकका लागि खुला गरेको छ।
निर्माता रोहित अधिकारीका अनुसार, चलचित्रमा कुनै पनि दृश्य वा संवादमा काटछाँट गरिएको छैन। उल्टै, बोर्डले कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेको उनले बताए।
चलचित्रले देशभरका हलमा सयभन्दा बढी शो सुनिश्चित गरिसकेको छ भने अझै केही हलको तालिका सार्वजनिक हुन बाँकी छ। बिहान सवा ५ बजेदेखि बेलुकीसम्म निरन्तर शो हुने भएकाले दर्शकले सजिलै हेर्न पाउनेछन्।
ट्रेलर र गीत सार्वजनिक भइसकेका कारण चलचित्रप्रति दर्शकको उत्साह बढेको छ। *‘माइतीघर’*मा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देललगायतका कलाकारहरूको अभिनय रहेको छ।









Discussion about this post