विशेष अनलाइन । अभिनेता नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा बनेको यो चलचित्रको सोमबार सार्वजनिक पोस्टरमा नीर शाह शंख फुक्दै गरेको गम्भीर मुद्रामा देखिएका छन् । यसअघि चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी र अञ्जना बराइलीलाई चित्रित गर्दै पोस्टर निकालिएको थियो ।
पोस्टरमा नीर शाहको उपस्थितिले चलचित्रको कथावस्तुमा गहिराइ र भावनात्मक पक्ष बलियो रहेको सङ्केत गर्दछ । शंख फुक्दै गरेको दृश्यले चलचित्रमा धर्म, संस्कृति र परम्पराको महत्वपूर्ण भूमिका हुन सक्ने अड्कलबाजी पनि गरिएको छ ।
व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । शिवराम श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको ‘परान’ मा रिदम कँडेलको संगीत रहेको छ ।










Discussion about this post