विशेष अनलाइन । विल्सन विक्रम राई निर्देशित चलचित्र ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले इलामको सुन्दर पृष्ठभूमिमा एउटा फरक खालको प्रेम कथा बोकेको छ ।
टिजरमा मुख्य कलाकारहरू धिरज मगर, उपासना सिंह ठकुरी र दिया पुन बीचको सम्बन्धलाई उजागर गरिएको छ । गाउँले परिवेशमा देखिएका धिरजलाई उपासनाप्रति आकर्षित भएको देखाइएको छ, तर कथामा मोड आउँदै दिया पुनसँग उनको निकटता देखाइएको छ । यसले चलचित्रमा त्रिकोणात्मक प्रेम कथा रहेको सङ्केत गर्दछ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा र माओत्से गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहेको छ । किराँती समुदायको मौलिकतालाई प्रस्तुत गरिएको यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ । आरआर फिल्म्स ले यसको वितरण गर्नेछ ।









Discussion about this post