विशेष अनलाइन । सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्र ‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक भएको छ । दशैँको घटस्थापनाको अवसर पारेर चलचित्र निर्माण कम्पनी ‘अनन्या फिल्मस्’ ले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।
बुढासुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माको आकर्षक केमिस्ट्री देख्न सकिन्छ । मुस्ताङदेखि भारतको राजस्थानसम्मका सुन्दर दृश्यहरूमा छायांकन गरिएको भिडियो उच्च गुणस्तरको देखिएको छ । किरण थापाको कोरियोग्राफीमा अनमोल र आँचललाई ‘लभ बर्ड’ को रूपमा प्रस्तुत गरिएको छ ।
आशिष गुवाजु र सदिक्षा कट्टेलले स्वर दिएको यो गीतमा जयन जे वाइबाको संगीत, शब्द र साउन्ड डिजाइन रहेको छ । अशोक थानेतले गीतको मिक्सिङ र मास्टरिङ गरेका छन् ।
सुयोग गुरुङले निर्देशन गरेको ‘जेरी अन टप’ मा अनमोल र आँचलका साथै जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी र उषा खड्गीको प्रमुख भूमिका छ । साथै, अभिनेत्री सुरक्षा पन्तले पनि चलचित्रमा विशेष भूमिका निर्वाह गरेकी छिन् ।
असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले पनि निर्माणमा साझेदारी गरेका छन् । हेमराज बिसीको कथा रहेको यो चलचित्र सगरमाथा आरोहणको क्रममा हुने प्रेम कथामा आधारित छ ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माताका रूपमा रहेका छन् । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विश्वास तिम्सिनाले पटकथा लेखेका छन् भने दुलिप रेग्मीले छायांकनको जिम्मा लिएका छन् । चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।











Discussion about this post