विशेष अनलाइन ।गायक तथा संगीतकार कृष्ण विकको नयाँ गीत ‘आँखा मार्ने’ को भिडियो सार्वजनिक गरिएको छ। विककै शब्द र संगीतमा तयार भएको यस गीतमा महिला स्वर मनीषा सुनारले दिएकी छन् भने संगीत संयोजन एन एक्स मसले गरेका छन्।
भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्कीको आकर्षक केमेस्ट्री देख्न सकिन्छ। गीतको भिडियोमार्फत कृष्ण विकले निर्देशनमा डेब्यु गरेका छन्। ‘यानीमाया’, ‘राधा पियारी’, ‘रातो टिकी’ जस्ता हिट गीतहरू दिएका विकले यो गीतलाई निकै महत्व दिएका छन्। “अघिल्ला वर्षजस्तो दुई गीत होइन, यो साल यही गीतमै पूर्ण समय खर्चिएको छ,” विक भन्छन्।
भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सुदूरपश्चिमबाट २०५८ सालमा गायन यात्रा सुरु गरेका विकले अडियो, भिडियो र सृजनामा लगातार नवीनता ल्याइरहेका छन्।









Discussion about this post