विशेष अनलाइन । दुई नेपाली चलचित्र ‘सिटामोल’ र ‘मोहर’ आउँदो शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेका छन्। यससँगै दुवै चलचित्रको अग्रिम टिकट बुकिङ खुलेको छ। प्रचारप्रसारमार्फत उत्सुकता जगाएका यी चलचित्रले दर्शकको साथ पाउने अपेक्षा गरिएको छ।
मल्टिप्लेक्स चेनहरूमा दुवै चलचित्रलाई करिब समान प्राथमिकता दिइएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स ले ‘सिटामोल’लाई १५ शो र ‘मोहर’लाई १४ शो दिएको छ। दोस्रो ठूलो चेन आइएनआइ सिनेमाज मा ‘मोहर’ले १२ शो र ‘सिटामोल’ले ११ शो पाएको छ। वान सिनेमाज मा भने दुवै चलचित्रलाई समान रूपमा ६/६ शो दिइएको छ। अन्य मल्टिप्लेक्सहरूले पनि बुकिङ सुरु गरिसकेका छन्।
चलचित्र ‘सिटामोल’ ले एक पूर्व माओवादी कमाण्डरको कथालाई सामाजिक कोणबाट चित्रण गर्नेछ।चलचित्रका निर्देशक राजबहादुर साने हुन् भने मुख्य भूमिकामा सौगात मल्ल र बेनिशा हमाल देखिनेछन्।
त्यस्तै, ‘मोहर’ एक सामाजिक–थ्रिलर चलचित्र हो जसले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसा र त्यसको प्रभावबारे कथा भन्छ। चलचित्रको निर्देशन ओम प्रतीक ले गरेका हुन्। प्रमुख भूमिकामा पल शाह, बेनिशा हमाल र नीति शाह छन्।
यसअघि सार्वजनिक गरिएको टिजर, ट्रेलर र गीतहरूलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। निर्माण टिमहरू चलचित्रप्रति दर्शकको उत्साह कायम रहेको भन्दै हलमा पनि राम्रो उपस्थिति हुने आशा राखिरहेका छन्।









Discussion about this post