विशेष अनलाइन । सुपरहिट नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी: सङ अफ च्याब्रुङ’ को छायांकन पूरा भएको छ। पूर्वी नेपालको पाँचथर जिल्लामा ३६ दिनसम्म खिचिएको चलचित्रको छायांकन हालै सम्पन्न भएको हो। चलचित्रको निर्माण टिमले यो श्रृंखला आउँदो दशैंमा प्रदर्शन गर्ने योजना रहेको बताएको छ, यद्यपि ठ्याक्कै मिति भने अझै तय गरिएको छैन।
छायांकन सकिएसँगै चलचित्रका दुई मुख्य कलाकारको लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक तस्वीरमा दयाहाङ राईलाई च्याब्रुङ बजाइरहेको र मिरुना मगरलाई लिम्बु पहिरनमा सजिएको देख्न सकिन्छ।
‘जारी’को पहिलो श्रृंखलाले बक्स अफिसमा झण्डै १७ करोड रुपैयाँ कमाई गर्दै ठूलै सफलता पाएको थियो।‘जारी: सङ अफ च्याब्रुङ’ रामबाबु गुरुङ को निर्माणमा बाँसुरी फिल्मस् र कबड्डी फिल्मस् को ब्यानरमा बनेको हो।
चलचित्रमा दयाहाङ राई र मिरुना मगर सँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारहरूको अभिनय रहने छ।
Discussion about this post