BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
in FEATURE, चलचित्र
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘रोल नं १’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशको पृष्ठभूमिमा निर्माण गरिएको यो चलचित्रले वर्तमान शिक्षा प्रणाली र त्यसले बालबालिकामा पार्ने मानसिक दबाबलाई मुख्य विषयवस्तु बनाएको छ। करिब दुई मिनेट लामो टिजरले चलचित्रको गम्भीर र मर्मस्पर्शी कथाको झलक प्रस्तुत गरेको छ।

टिजरमा विशेषगरी आर्थिक अभावका कारण छात्रवृत्तिको भर पर्नुपर्ने विद्यार्थीको बाध्यता र समाजमा इज्जत जोगाउन अभिभावकले दिने पढाइको दबाबलाई देखाइएको छ। बाबु र छोराको सम्बन्ध, कमजोर स्मरण शक्तिका कारण बच्चाले भोग्नुपर्ने चुनौती र बाबुको मान राख्न छोराले गर्ने मिहिनेतलाई चलचित्रले निकै भावनात्मक रूपमा चित्रण गर्ने संकेत दिएको छ।

कीर्तिमानी चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलको निर्माण रहेको यस चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी र रिन्चेन लामा लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ। यसअघि ‘आँखा’ निर्देशन गरेका योञ्जनको यो दोस्रो महत्त्वपूर्ण निर्देशन हो।

महेश दवाडीको लेखन र शिवराम श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा रोहित शाक्यको पार्श्व संगीत र मदन घिमिरेको सम्पादन रहेको छ। विनोद पौडेल र जाह्नवी पौडेल निर्माता रहेको यस चलचित्रले शिक्षाको नाममा बालबालिकाले भोग्नुपर्ने दबाबको यथार्थलाई पर्दामा उतार्न खोजेको छ।

Previous Post

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

Next Post

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
Next Post
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।