विशेष अनलाइन। टेलिभिजन सिरियल ‘गाउँले’ मा बल्छी धुर्बेको भूमिकाबाट चर्चामा आएका मरिचमान श्रेष्ठ अब फिल्म निर्माण र निर्देशनमा सक्रिय हुँदैछन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘गोबर गणेश’ राखिएको छ।
चलचित्र विकास बोर्डबाट निर्माणको अनुमति पाएको यस फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरे प्रमुख भूमिकामा देखिनेछन्। पूजन घिमिरे ‘पुकु’ नामबाट टेलिभिजनमा परिचित छन् र मरिचमानसँग लामो समयदेखि सहकार्य गर्दै आएका छन्। मरिचमानले फिल्ममा अभिनय गर्ने कि नगर्ने भन्ने विषयमा भने अझै खुलाइएको छैन।
‘गोबर गणेश’को कथावस्तु सामाजिक हास्य जनरामा आधारित हुने अनुमान गर्न सकिन्छ। बल्छीधुर्बे फिल्म्स प्रा.लि. नामक मरिचमानकै कम्पनीमार्फत फिल्म निर्माण गरिनेछ। फिल्मको बजेट करिब २ करोड रुपैयाँ रहेको छ।
मारिचमानले चाँडै नै फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्ने तयारी गरेका छन्। भदौ महिनाबाट छायांकन सुरु गर्ने लक्ष्य रहेको छ।
Discussion about this post