विशेष अनलाइन । धुर्बे (मरिचमान श्रेष्ठ) पहिलो पटक निर्देशन र निर्माणमा जुटेका छन्। उनले बनाउन लागेको फिल्म ‘गोबर गणेश’ अहिले निर्माण अघि नै चर्चामा छ।
‘गोबर गणेश’मा ‘होस्टेल ३’ बाट चर्चामा आएका अभिनेता पदम तामाङ मुख्य भूमिकामा देखिने भएका छन्। बल्छी र पदमबीच केही दिनअघि लिखित सम्झौता भएको हो।
फिल्ममा पदमसँगै माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे ‘पुकु’ पनि अनुबन्धित भइसकेका छन्। निर्देशक बल्छीका अनुसार पुकु सहायक भूमिकामा हुनेछिन्।
फिल्मका लागि मुख्य अभिनेत्री भने अझै तय भएको छैन। अहिले चर्चामा रहेकी अभिनेत्रीलाई लिने तयारी भइरहेको बल्छीले बताएका छन्।
‘गोबर गणेश’ को छायांकन भदौ महिनाबाट सुरु हुनेछ भने फिल्म फागुन १ गते प्रदर्शन हुने घोषणा गरिएको छ।
फिल्मको वितरण ब्यांकटेस इन्टरटेनमेन्ट मार्फत मनोज राठी र उज्वल पौडेल ले गर्नेछन्।
Discussion about this post