विशेष अनलाइन । सन्जोग राईले निर्देशन गरेको चलचित्र ‘देवी’को गित सार्वजानिक भएको छ । शनिवार अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको चलचित्रको ‘सेलाइ देऊ खोलामा’ बोलको गीत सार्वजनिक भएको हो ।
चलचित्रको मर्मस्पर्शी गीतमा सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत रहेको छ । गितमा सज्जा चौलागाई र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतमा बालगायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको पनि स्वर रहेको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर कथा लेखेका हुन् ।भदौ २१ गते बाट नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्त लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
रेमन गुरुङ र सन्जोग राईले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता जावेद खान रहेका छन् । चलचित्रको सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । मनोज राठी र उज्वल पौडेलले चलचित्रकोको वितरण गर्दै छन् ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘देवी’ निर्माणमा बाँसुरी फिल्मस्ले सहकार्य गरेको छ ।
Discussion about this post