विशेष अनलाइन । शुक्रबारदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘वर एण्ड वधु’ले पोखरापछि काठमाडौंमा प्रिमियर सम्पन्न गरेको छ । बुधबार बेलुका ललितपुरस्थित क्यूएफएक्सको लबिम हलमा उपत्यका प्रिमियर गरिएको थियो ।
निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउन कुनै कसर बाँकी राखेनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा चलचित्र क्षेत्रका चलचित्रकर्मी, पत्रकार र राजनीतिज्ञको उपस्थिति रहेको थियो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मिरुना मगर, पशुपति राई, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, केदार घिमिरे, जितु नेपाल, सरोज न्यौपाने, उषा रजक चलचित्र हेर्न हलम औपस्थिति रहेका थिए ।चलचित्रका मुख्य कलाकार आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।
चलचित्र हेरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक एङ्गल बाट चलचित्र उत्कृष्ट बनेको बताउदै सबैलाई चलचित्र हेर्न आग्रह गरेका छन् । कलाकारद्वय हरिवंश र मदनकृष्णले चलचित्रको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकको कामलाइ प्रशंसा गरेका छन् ।
चलचित्र हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमाचलचित्र उत्कृष्ट रहेको बताएकि छिन् । उनले आँखा शीतल हुने चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । अभिनेता केदार घिमिरेले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
अभिनेत्री मगरले आँचललाई चलचित्रमा निर्वाह गरेको भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । चलचित्र हेरेका अधिकांशले डेब्यु एक्टर कर्माचार्यको कामको प्रशंसा गरे । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्रले मल्टिप्लेक्समा सुखद् शो पाएको छ ।
Discussion about this post