BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सिङ्गल थिएटर परिष्कृत हुनुपर्छ,सञ्चालक सच्चिनुपर्छ – निर्माता छविराज ओझा

गलत साबित भए कारबाही भोग्न तयार छु-हल सञ्चालक चौधरी

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २४, २०८१, ९:१९ बिहान
in FEATURE, चलचित्र
सिङ्गल थिएटर परिष्कृत हुनुपर्छ,सञ्चालक सच्चिनुपर्छ – निर्माता छविराज ओझा
154
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘मनसरा’प्रदर्शनका लागि पूर्वका सिङ्गल थिएटरहरूलाई अनुमति नदिए पछि विवाद उत्पन्न भयो । चलचित्रका निर्माता र वितरकले सिङ्गल थिएटरहरूलाई सौतेनी व्यवहार गर्ने गरेको आरोप लगाउँदै दुवैको योजना अनुरूप चलचित्र प्रदर्शनमा रोक लगाइएको सिङ्गल थिएटर सञ्चालकहरूको आरोप छ । यता एफ डी कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् निर्माता छविराज ओझाले चलचित्र ‘मनसरा’प्रदर्शनका लागि सिङ्गल थिएटर भएकै कारण रोक लगाइयो भन्नु गलत भएको बताएका छन् ।

आफ्नो मात्र नभई अधिकांश चलचित्र हल सञ्चालक त्यही सिङ्गल थिएटरबाट परिष्कृत भएको उल्लेख गर्दै सिङ्गल थिएटर भएकै कारण चलचित्र दिइएन भन्नु शतप्रतिशत गलत भएको अध्यक्ष एवम् निर्माता ओझाको भनाई छ ।  ‘मैले पनि धेरै चलचित्र निर्माण गरेको छु । चलचित्र प्रदर्शनका लागि कसलाई दिने कसलाई नदिने भन्ने अधिकार निर्माताको हो । उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ । बाहिरी रुपमा हेर्दा वितरकको अधिकार हुने देखिए पनि चलचित्रको पहिलो निर्णयकर्ता भनेको निर्माता नै हो,’ ओझाले भने ।

चलचित्र प्रदर्शनका लागि रोक लगाउनुको मुख्य कारण वक्सअफिस भएको ओझाको भनाई छ । कतिपय सिङ्गल थिएटरहरू अझै पनि पुरानै शैलीमा चलिरहेका छन् । पुरानै शैलीको चलचित्र हल, सिट,टिकट प्रणाली लगायत विविध कुरामा  सिङ्गल थिएटर परिष्कृत हुनुको विकल्प नभएको ओझा बत्ताउँछन् ।

‘पूर्वका अधिकांश सिङ्गल थिएटरहरूमा वक्सअफिस लागु भएको छैन । उनीहरूले चलचित्र निर्माता,वितरकलाई मात्र हैन राज्यलाई समेत ठगिरहेका हुन्छन् । सोही स्थान वरपरका अन्य हलहरूले करोड माथिको कलेक्सन गर्दा दर्शक नआएको भन्दै एक लाख पनि नबुझाएका हलहरूको रेकर्ड म सँग छ,’ ओझाले भने ।

‘दर्शकलाई देखाउन कै लागि चलचित्र निर्माण गरिएको हो ।  हलले नदेखाउने हो भने चलचित्र निर्माणको अर्थ छैन । त्यसो हुँदाहुँदै पनि निर्माताले चलचित्र प्रदर्शनमा हलहरूलाई किन अनुमति दिएनन् होला ? किन रोक लगाए होला ? कुनै पनि निर्माताले आफ्नै खुट्टामा बन्चरो हान्दैन । निर्माताले आफूले निर्माण गरेको चलचित्रबाट सही हिसाब किताब प्राप्त गर्दैन भने  चलचित्र प्रदर्शनमा रोक लगाउनुको विकल्प छैन,’ ओझाले भने ।

ओझाले अघि भने  ‘हामी सानालाई हेपियो भनेर रुवावासी गर्नु भन्दा हल सञ्चालकहरू सच्चिनुपर्छ,सिङ्गल थिएटरहरू परिष्कृत हुनुपर्छ चलचित्र प्रदर्शन पछि हिसाब किताबमा पनि परिपक्व हुनुपर्छ ।’

यता चलचित्र हलहरूको संस्था नेपाल चलचित्र सङ्घका कोशी प्रदेश सभापति समेत रहेका म्याजिक सिनेमा हल झुम्काका सञ्चालक पर्शुराम चौधरीले एफ डी कम्पनी सञ्चालक समितिका अध्यक्ष ओझाले भनेको कुरामा शतप्रतिशत सहमत रहेको बताए ।  ‘वाँहाले भनेको सबै कुरामा म सहमत छु । अब पनि पुरानै शैलीमा चलचित्र हल सञ्चलन हुनु हुँदैन, चलचित्र हलहरूमा वक्सअफिस अनिवार्य हुनुपर्छ । सबै कुराले सुविधा सम्पन्न हुनुपर्छ । यी सबै कुराको सुविधा मेरो हलमा छ । तर पनि मलाई चलचित्र प्रदर्शनमा रोक लगाइयो,’ चौधरीले भने ।

‘कि त तपाईँको गल्ती याँहा नेर छ भनेर प्रमाण सहित किटान गर्न सक्नुपर्यो, हैन भने एउटालाई लाखा अर्कोलाई पाखा गर्नु भएन । मैले निर्माता वितरकलाई ठगेको रहेछु भने प्रमाण सहित आउनुस्, म क्षतिपूर्ति तिर्न तयार छु । यदि मैले कुनै पनि हिसाबमा राज्यलाई छल गरेको रहेछु भने सम्बन्धित निकायले आएर जुनसुकै समयमा क्रस चेक गर्न सक्छ। यदि म गलत साबित भएमा राज्यले निर्धारण गरे अनुसारको कारबाही भोग्न तयार छु,’ चौधरीले भने ।

यता अर्का सिङ्गल थिएटर सञ्चालक एवम् निर्माता चिरञ्जीवी बस्नेतले भने आफ्नो हलमा वक्सअफिस नभएको स्वीकार गरे । ‘वक्स अफिस नभएर चलचित्र प्रदर्शनमा रोक लगाइयो भन्नु एउटा बहाना मात्र मात्र हो । मेरो चलचित्र हलमा ‘बोक्सीको घर’ चलिरहेकै छ । मलाइ कुनै आपत्ति छैन,’ बस्नेतले भने ।

निर्माता ओझाले भनेको कुरालाई सत्य मान्ने हो भने अब पनि पुरानै शैलीमा चलचित्र हल सञ्चालन हुन गलत हो । दर्शकले चाहे अनुसारको सुविधा सहित चलचित्रको मज्जा लिन पाउनुपर्छ । प्रत्येक चलचित्र हलहरूमा वक्सअफिस अनिवार्य गर्नुको विकल्प छैन ।

Previous Post

चलचित्र निर्माण गर्दै गायक प्रकाश सपुत,प्रकाश र स्वस्तिमाको मुख्य भूमिका रहने

Next Post

चलचित्र  ‘पुजार सार्की’ट्रेलर:जातीय विभेदले निम्त्याएको द्वन्दको कथा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
चलचित्र  ‘पुजार सार्की’ट्रेलर:जातीय विभेदले निम्त्याएको द्वन्दको कथा

चलचित्र  ‘पुजार सार्की’ट्रेलर:जातीय विभेदले निम्त्याएको द्वन्दको कथा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।