BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मुख्यमन्त्री कार्कीको अनुरोधसँगै प्रतिबद्धताःकोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्छौँ,कलाकार एक ढिक्का भएर आउनुहोस्

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ७, २०८१, ९:०० बिहान
in FEATURE, चलचित्र
मुख्यमन्त्री कार्कीको अनुरोधसँगै प्रतिबद्धताःकोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्छौँ,कलाकार एक ढिक्का भएर आउनुहोस्
81
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा चलचित्र विकास बोर्ड  स्थापना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । झापाको बिर्तामोडमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशस्तरीय चलचित्र महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले चलचित्र क्षेत्रको विकासका लागि आफू र आफ्नो सरकार सदैव तत्पर रहेको बताएका हुन् ।

‘हामी प्रदेशमा चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड स्थापना गर्नका लागि बजेट छुट्टाउने प्रतिबद्ध छौँ । तर, चलचित्रकर्मीहरू पनि एक हुनु पर्‍यो । चलचित्रकर्मीको उद्देश्य एउटै हुनुपर्‍यो।’ उनले भने, ‘तपाईंहरूसंग हाम्रो पनि माग छ। तपाईँहरू एक ढिक्का भएर आउनुहोस्। राम्रो काम गर्नुहोस्। चलचित्र विकास बोर्ड गठन गर्न प्रदेश सरकार तयार छ।’

‘सबै चलचित्रकर्मीहरूलाई एउटै दायरमा ल्याएर एक सूत्रीय माग सहित आउनका लागि म दिनेश डिसी र नवल नेपाल लगायतका चलचित्रकर्मीहरूलाई नेतृत्वका लागि अनुरोध गर्छु।’ मुख्यमन्त्री कार्कीले भने । मुख्यमन्त्री कार्कीले चलचित्र समाजलाई देखाउने ऐना भएको उल्लेख गर्दै विगतमा बनेका चलचित्रहरूले आफूलाई समेत धेरै प्रभावित बनाएको बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘बजेट विनियोजन गर्ने समय छ । के के गर्दा चलचित्र क्षेत्रको विकास हुन्छ ? त्यसका लागि प्रदेश सरकारले केके गर्नुपर्छ ? कुन कुन शीर्षकमा बजेट छुट्टाउनुपर्छ भन्नुहोस् हामी छुट्याउछौँ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले चलचित्र मनोरञ्जनका लागि मात्र नभएर आन्तरिक तथा वाहिय पर्यटन प्रवर्धनमा समेत उल्लेख्य सुधार ल्याउन सक्ने गतिलो माध्यम भएको उल्लेख गरे ।  ‘हामीले पहिलो पटक चलचित्र क्षेत्रको विकासका लागि यो प्रयास गर्दै छौँ । छोटो समयका बाबजुद हामी कार्यक्रम गर्न सफल भएका छौँ । यस पटक भएका कमीकमजोरीहरूबाट पाठ सिक्दै अर्को पटक अझै भव्य कार्यक्रम गर्ने उद्देश्य सहित अघि बढ्न सबैलाई आग्रह गर्छु’, मन्त्री अधिकारीले भने ।

जेठ ६ गतेबाट सुरु भएको  महोत्सव जेठ ११ गतेसम्म झापा, मोरङ, सुनसरीका विभिन्न स्थानहरूमा विविध कार्यक्रम गर्दै सञ्चालन हुने छ भने समापन विराटनगरमा हुने बताइएको छ । उद्घाटन कार्यक्रममा विभिन्न झाँकी सहित स्थानीय तथा राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।  महोत्सव उद्घाटन सत्रको व्यवस्थापन केवल तामाङ नेतृत्वको नेपाल चलचित्र संघ गरेको थियो भने अन्य स्थानमा हुने कार्यक्रमहरूको व्यवस्थापन अरुण कुमार प्रधान नेतृत्वको नेपाल चलचित्रकर्मी महासंघले गरिरहेको छ ।

Previous Post

बुद्ध जयन्ती भव्य बनाउने तयारीमा नेपाल तामाङ युवा घेदुङ, प्रस्तुतिका लागि उर्गेन दोङ आउने

Next Post

कोशी प्रदेश स्तरीय ‘चलचित्र महोत्सव २०८१’:चौथो दिनमा पनि चलचित्र प्रदर्शन सहित विविध कार्यक्रम हुँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
कोशी प्रदेश स्तरीय  ‘चलचित्र महोत्सव २०८१’:चौथो दिनमा पनि चलचित्र प्रदर्शन सहित विविध कार्यक्रम हुँदै

कोशी प्रदेश स्तरीय ‘चलचित्र महोत्सव २०८१’:चौथो दिनमा पनि चलचित्र प्रदर्शन सहित विविध कार्यक्रम हुँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।