BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्राइडे रिलिज : देशभर प्रदर्शनमा  ‘खजुरे ब्रो’, ‘मनसरा’ दोस्रो सातामा

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २८, २०८१, ७:३५ बिहान
in FEATURE, चलचित्र
फ्राइडे रिलिज : देशभर प्रदर्शनमा  ‘खजुरे ब्रो’, ‘मनसरा’ दोस्रो सातामा
92
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबारबाट सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ ।

चलचित्र ‘खजुरे ब्रो’ धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथामा रहेर निर्माण गरिएको हो ।
धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ।

चलचित्र निर्माण युनिटले प्रदर्शन अघि काठमाडौ र धरानमा प्रिमियर समेत गरेको थियो । धरान प्रिमियरमा चलचित्र हेर्न बोलाउदा प्रिमियर भनेर बोलाई टिकटमा शुल्क राखिएको भन्दै आलोचना समेत भएको थियो ।

चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको निर्माण रहेको चलचित्रमा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन् । चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्।

शिशिर बिसंखेको छायांकन रहेको चलचित्रमा मित्र डि गुरूङको सम्पादन छ।

‘मनसरा’ दोस्रो सातामा
यता उत्साहजनक ब्यापार गरिरहेको चलचित्र ‘मनसरा’ दोस्रो सातामा प्रवेश गरेको छ । उपेन्द्र सुब्बा निर्देशित चलचित्रलाई दर्शकले रुचाएका छन्  ।

चलचित्र ‘मनसरा’ बाट अभिनेता प्रवीण खतिवडाको प्रसङ्सा भइरहेको छ । चलचित्रमा प्रविण सँगै दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान लगायतको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा छन्।

चलचित्रको सहनिर्माता विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ रहेका छन्। चलचित्रको सम्पादन निमेश श्रेष्ठले गरेका हुन् ।

Previous Post

 ‘कोशी चलचित्र महोत्सव–२०८१’ मा चलचित्र बुझाउने मिति बिहीबारबाट सकिँदै

Next Post

छायांकन अघिनै प्रदर्शन मिति घोषणा,महाशिवरात्रिमा‘सक्किगोनि’ समूहको ‘लाज शरणम्’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
छायांकन अघिनै प्रदर्शन मिति घोषणा,महाशिवरात्रिमा‘सक्किगोनि’ समूहको ‘लाज शरणम्’

छायांकन अघिनै प्रदर्शन मिति घोषणा,महाशिवरात्रिमा‘सक्किगोनि’ समूहको ‘लाज शरणम्’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।