BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘फर्की फर्की’ सामाजिक कथावस्तु भन्दा माथिल्लो श्रेणीको चलचित्र हो -निर्माता अधिकारी

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १, २०८१, ९:३२ बिहान
in FEATURE, चलचित्र
‘फर्की फर्की’ सामाजिक कथावस्तु भन्दा माथिल्लो श्रेणीको चलचित्र हो -निर्माता अधिकारी
403
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । नेपाली चलचित्र नगरीका सफल निर्माताहरू मध्यका एक हुन् रोहित अधिकारी । अनमोल केसी र सृष्टि श्रेष्ठलाई लिएर चलचित्र ‘गाजलु’ निर्माण गर्दै चलचित्र नगरीमा निर्माताका रुपमा प्रवेश गरेका थिए रोहितले । आफै हिरो भन्दा कम नभएका निर्माता रोहितलाई पहिलो चलचित्रले नै सफल निर्माताका रूपमा स्थापित गर्‍यो । रोहितको दोस्रो चलचित्र हो ‘छ माया छपक्कै’ । दीपक दीपासँगको सहकार्यमा निर्माण भएको चलचित्र  ‘छ माया छपक्कै’ले रोहितलाई थप उचाइ दियो । एक पछि अर्को सफल चलचित्र निर्माण गरेका कारण पनि निर्माता अधिकारीले राम्रो चलचित्र बनाउँछन् भन्नेमा दर्शक समेत विश्वस्त रहेको देखिन्छ । पुन रोहित तेस्रो चलचित्र लिएर दर्शकमाझ आउने तयारीमा छन् । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘फर्की फर्की’यही ज्येष्ठ १० गतेबाट अल–नेपाल प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ‘फर्की फर्की’कै वरिपरि रहेर हामीले चलचित्रका निर्माता रोहित अधिकारीसँग विशेष गफ गरेका छौँ ।

चलचित्र  ‘फर्की फर्की’ के कस्तो कथावस्तुमा निर्माण भएको छ  ? 
चलचित्र  ‘फर्की फर्की’मा कथावस्तुको हिसाबले र अन्य विविध विषयहरूमा पहिलेभन्दा हामीले केही परिवर्तन गरेका छौँ ।  माया प्रेमको कथा र फ्यामिली ड्रामा भइकन पनि चलचित्रलाई फरक तरिकाबाट प्रस्तुत गरेका छौँ। हलिउड,बलिउड तथा अन्तर्राष्ट्रिय स्तरमा निर्माण हुने चलचित्रहरूमा देखिएको लुक टाइम ट्राभलको स्टोरीलाई हामीले चलचित्रको मुख्य कथावस्तु बनाएका छौँ। नेपालमा पनि उक्त कुरा असम्भव छैन भन्नका लागि हामीले सोही कुराको उठान गरेका छौँ । अन्य कथावस्तुहरू त तपाईँहरूले ट्रेलरमा समेत देखिसक्नुभएको छ । यसो भनिरहँदा चलचित्र पुरै टाइम लुकमा बनेको हो कि भन्ने लाग्ला, तर पूरा भागको करिब ३० प्रतिशत मात्र त्यस्तो हो अरू बाँकी भने फ्यामिली ड्रामा तथा लभ स्टोरी जनरामा नै चलचित्र निर्माण भएको छ।

हालसम्म तपाईँले आफूलाई सफल निर्माताका रूपमा उभ्याउनु भएको छ। अब चलचित्र  ‘फर्की फर्की’ले तपाईँको परिचयमा कस्तो परिवर्तन ल्याउन सक्ला ?
आफूले चलचित्र निर्माण गरिसके पछाडि सफल होस् भन्ने जसलाई पनि लाग्छ, र मलाई पनि त्यही लागिरहेको छ ।  म चलचित्र निर्माता भएको हिसाबले पनि मैले निर्माण गरेको चलचित्र धेरै राम्रो छ भनी नै हाल्छु। तर, त्यसलाई मूल्याङ्कन गर्ने सम्पूर्ण जिम्मा नेपाली दर्शकको हातमा छ। मैले निर्माण गरेको चलचित्र दर्शकले चाहेको जस्तो भएन भने दर्शकले चलचित्र किन हेर्ने ? हैन र ? मैले भन्दा र मेरो मूल्याङ्कनको आधारमा भन्दा मैले चलचित्र धेरै राम्रो बनाएको छु। अब बाँकी भने दर्शकले हेरिसकेपछि नै चलचित्रको सही मूल्याङ्कन आउँछ भन्ने आशामा छु। हामी सम्पूर्ण चलचित्र निर्माण युनिटले धेरै मेहनत गरेका छौँ । चलचित्रको कथामा नै झन्डै एक वर्ष खर्चिएका छौँ । यही कथालाई धेरै लेखकहरूले लेख्नुभएको छ, र ती लेखिएका कथाहरूबाट उत्कृष्ट छनोट गरेर हामीले चलचित्र निर्माण गरेका हौँ। तर, यी सब कुरा दर्शकहरूले चलचित्र हेरेपछि नै मूल्याङ्कन हुनेछ । त्यसैले हामी पनि जेठ १० गतेको प्रतीक्षामा छौँ।

सुरुवातमै तपाईँले अनमोललाई हामीले साइन गरेको नभई अनमोलको प्रोजेक्टमा हामी जोडिएका हौँ, भन्ने अभिव्यक्ति दिनुभएको थियो, कुरा के हो ? 
हामीले स्क्रिप्ट लेखनको सुरुवातमा नै अनमोललाई देखाएका थियौँ। र यो स्क्रिप्ट हेरिसके पछि अनमोल चलचित्रमा काम गर्न एकदमै उत्साहित हुनुभएको थियो । चलचित्रको कथा हेरिपछि तत्काल  ‘फर्की फर्की’ बाहेकका अन्य चलचित्रहरूमा काम नगर्ने अनमोल स्वयंले निर्णय गर्नुभएको थियो ।

अर्को कुरा एउटा निर्माता जहिले पनि राम्रो र उत्कृष्ट कथामा चलचित्र बनाउन चाहन्छ ।  सोही क्रममा  मैले पनि चलचित्रका धेरै स्क्रिप्टहरू सुने ।  सुरुमा वान लाइन सुन्दा एकदमै उत्कृष्ट हुन्छ । तर, पछि पूर्ण कथा हेर्दा निन्द्रा लाग्ने हुन्छ। वान लाइन हेरेर लगानी गर्‍यो तर पूरा कथा सुन्दा आफैलाई वाक्क लाग्छ। अब त्यो कथामा चलचित्र बनेर आउँदा दर्शकलाई कस्तो लाग्ला ?  म पनि यस्तो कुरामा धेरै पटक पछुताएको छु र लगानी समेत खेर फालेको छु । मलाई लाग्छ अनमोलको पनि यही भएको हो ।

उत्कृष्ट वान लाइन सुनेका आधारमा सम्झौता गर्नुहुन्छ र पछि पूरा कथा हेर्दा मन पर्दैन । त्यो अवस्थामा चलचित्रबाट अलग हुनुको विकल्प हुन्न । अब चलचित्र  ‘फर्की फर्की’ को कुरा गर्दा म दर्शकलाई यो पनि जानकारी गराउँछु कि यो चलचित्रको नाम जुराउने नै पण्डित नै अनमोल हो । वहाँले नै चलचित्रको नाम राख्नुभएको हो। अनमोलसँगै हामी निर्माण युनिटलाई चलचित्रको कथा एकदमै मन परेको छ। अब दर्शकलाई कस्तो लाग्छ त्यो भने जेठ १० गते नै थाहा हुन्छ।

चलचित्र  ‘फर्की फर्की’  हेर्न दर्शक हलसम्म आउँछन् भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ
मैले बुझेको दर्शकले जहिले पनि नेपाली चलचित्रमा नयाँपन खोजिरहेका छन् । अहिले विशेष गरी सामाजिक कथावस्तुमा निर्माण भएर चलचित्रहरू प्रदर्शनमा आइरहेका छन्। तर, अब भने दर्शकले केही नयाँ चाहेको महसुस गरेर नै मैले चलचित्र  ‘फर्की फर्की’ निर्माण गरेको हुँ। चलचित्रको कुनै पनि सिन वा कुनै भागमा हामीले सम्झौता गरेका छैनौँ। जसरी हुन्छ हामी दर्शकले खोजे जस्तो राम्रो चलचित्र दिन चाहन्छौँ।

म अहिले यति भन्छु, ‘फर्की फर्की’ मनोरञ्जनले भरिपूर्ण चलचित्र हो। धेरैले चलचित्रमा शिक्षा खोज्ने गर्छन्। के शिक्षा दियो भन्ने हुन्छ । तर, सरकारले नै चलचित्रलाई मनोरञ्जनको विधामा राखेको छ। हामीले पनि सरकारलाई मनोरञ्जनको कर तिर्ने गर्छौँ। त्यसैले मेरो सिद्धान्त अनुसार चलचित्रले शिक्षा भन्दा पनि मनोरञ्जन दिनु आवश्यक छ । शिक्षा दिनका लागि नेपालमा स्कुल कलेजहरू प्रशस्तै छन् ।  त्यसैअनुसार हामीले पनि दर्शकलाई शिक्षाभन्दा मनोरञ्जन दिनुपर्छ भनेर नै चलचित्र  ‘फर्की फर्की’ निर्माण गरेका छौँ ।

सुरुमा अनमोललाई लिएर चलचित्र  ‘गाजलु’  निर्माण गर्नुभयो। त्यसपछि दीपक दिपासँगको सहकार्यमा ‘छ माया छपक्कै’ बनाउनु भयो। अहिले पुन: अनमोलसँग नै सहकार्य गरेर चलचित्र ‘फर्की फर्की’ निर्माण गर्नुभएको छ । तुलनात्मक रूपमा  ‘फर्की फर्की’ मा पहिलेका चलचित्र भन्दा के फरक पाउँछन् नेपाली दर्शकले ?
अन्य चलचित्रको तुलनामा यो चलचित्र सत प्रतिशत फरक छ। चलचित्र  ‘गाजलु’ मा मैले सामाजिक कथावस्तुको उठान गरेको थिएँ। जसमा चलचित्रले कुमारीको कथा बोलेको थियो ।  चलचित्र  ‘छ माया छपक्कै’  पनि कमेडी जनरामा सामाजिक कथावस्तुलाई नै उठान गरेर निर्माण गरिएको चलचित्र हो। तर, चलचित्र  ‘फर्की फर्की’ भने सामाजिक कथावस्तु भन्दा बिलकुलै फरक रहेर निर्माण गरेका छौँ। हामीले कहिलेकाहीँ कल्पना गर्ने गर्छौँ, मैले यस्तो गर्न पाए हुन्थ्यो । म यो दुनियाँमा जान पाए हुन्थ्यो ।  हामीले सपनामा देखिरहेका कुरा, हामीले कल्पना गर्ने कुरा नै चलचित्र  ‘फर्की फर्की’को कथावस्तु हो। दर्शकले चलचित्रमा सामाजिक कथावस्तुभन्दा माथिल्लो श्रेणीको कथावस्तु प्राप्त गर्नुहुने छ । बाँकी भने जेठ १० गतेलाई नै छाडिदिऊँ।

सोही मितिमा अर्को अपेक्षित चलचित्र  ‘पूजार सार्की’पनि प्रदर्शन हुँदै छ। यसलाई चाहिँ कसरी नियाली रहनुभएको छ ?
नेपालको अहिलेको अवस्थालाई हेर्ने हो भने दुई वटा चलचित्रहरूलाई प्रशस्त पुग्ने हलहरू छन् । त्यसैले एउटै मितिमा दुई वटा चलचित्रहरू आए भन्दैमा आत्तिनुपर्ने अवस्था छैन। एक चलचित्रले गर्दा अर्को चलचित्र चलेन भन्नु अहिलेको अवस्थामा सुहाउँदैन र अर्को कुरा  मैले राम्रो चलचित्र निर्माण गरेँ भने दर्शकले पक्कै  हेर्नुहुन्छ ।  अर्को फाइदा के छ भने हाम्रा चलचित्रहरू प्रदर्शन हुँदै गर्दा दुई हप्तासम्म कुनै पनि चलचित्रहरू प्रदर्शनमा आउँदै छैनन् । त्यसैले गर्दा पनि हाम्रो चलचित्र राम्रो बनेको छ भने पक्कै नेपाली दर्शकहरूले माया गर्नुहुने छ। मैले फेरि पनि भने, हामीलाई दुई वटा चलचित्रहरूलाई पुग्ने हलहरू हामीसँग प्रशस्तै छन्।

अब रिलिजकै कुरा गर्दा चलचित्र प्रदर्शन मिति हामीले पहिला तय गरेका हौँ ।  ‘पूजार सार्की’का निर्देशक दिनेश राउत जी, जो मेरो साथी पनि हुनुहुन्छ ।  उहाँ पनि हामीलाई शुभकामना दिन हाम्रो  शुभ मुहूर्तमा नै आउनुभएको थियो । पछि उहाँहरू पनि सोही मितिमा किन आउनुभयो त्यो भने मलाई थाहा छैन । तर, सोही मितिमा आए पनि असर गर्ने अवस्था भने छैन। यदि हामीले राम्रो चलचित्र बनाएका छौँ भने हाम्रो हेर्नुहुन्छ । यदि उहाँहरूले राम्रो चलचित्र बनाउनु भएको छ भने उहाँहरूको हेर्नुहुन्छ  । दुवै चलचित्र राम्रो बनेको छ भने दुवै हेर्नुहुन्छ । त्यसैले एकै मितिमा दुई वटा चलचित्र आए पनि फरक पर्ने अवस्था म देख्दिन।

चलचित्र जुध्नु भनेको निर्देशक दिनेश राउत र तपाईँबिचको मनमुटाबको रिजल्ट हो, भन्ने पनि त हल्ला छ नि ?
धेरै मिडियाहरूमा यो कुरा आइरहे पनि दिनेशजीलाई सोध्ने हो भने पनि उहाँले हैन भन्नुहुन्छ।  मलाई सोध्दा म पनि हैन भन्छु । तर, पनि मलाई के लाग्छ भने मेरो चलचित्रको शुभ मुहूर्तमा नै आएर शुभकामना दिनुभएको मान्छे पछि मैले तय गरेकै प्रदर्शन मितिमा चलचित्र प्रदर्शनमा ल्याउनु भनेको केही न केही भएको भएर नै होला ।  उहाँमा केही रिस होला । तर, मेरो  तर्फबाट भने त्यस्तो केही पनि छैन र हुने पनि छैन ।

यो विषयमा मैले दिनेशजीसँग कुरा पनि गरेको थिएँ। तर, उहाँले यो विषयमा मेरो कुनै पनि हात छैन चलचित्र  ‘पूजार सार्की’लाई सोही मितिमा प्रदर्शन गर्ने निर्णय निर्माताको हो, र यस विषयमा निर्मातासँग नै कुरा गर्नुस् भन्नुभयो। मैले  ‘पूजार सार्की’का निर्मातासँग पनि कुरा नगरेको हैन । निर्माताले पुन औला निर्देशक तर्फ देखाउनु भयो ।  ‘पूजार सार्की’का निर्माताका कुरा मान्ने हो भने  दिनेशजीकै अडानका कारण चलचित्रलाई सोही मितिमा प्रदर्शन गरिएको हो।  ‘पूजार सार्की’का निर्देशक वा निर्माताहरूमा म प्रति के छ भन्ने चाहिँ मलाई थाहा छैन ।

अन्तिममा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?
हामीले गीत सार्वजनिक गरिसकेका छौँ । तपाईँहरूले धेरै रुचाउनु भएको छ। पछि चलचित्र को ट्रेलर सार्वजनिक गर्‍यौ अपेक्षाभन्दा धेरै माया पायौँ। धेरै चलचित्रहरूले दर्शकलाई झुक्काएको छ। ट्रेलर एकदमै राम्रो बनाउने, गीत एकदमै राम्रो बनाउने तर चलचित्र हेर्न जाँदा केही पनि नहुने । चलचित्र  ‘फर्की फर्की’ त्यस कुरामा चुकेको छैन। तपाईँले चलचित्र हेरिसकेपछि सिधै मेरो फेसबुकमा आएर जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला । मेरो फेसबुकमा कमेन्ट गरेर प्रतिक्रिया दिन पनि सक्नुहुन्छ।

हामीले चलचित्र  ‘फर्की फर्की’को दुई वटा ट्रेलर सार्वजनिक गर्ने तयारी गरेका थियौ। पहिलोमा सामान्य कुराहरू राखेर चलचित्रको ट्रेलर सार्वजनिक गरेका थियौ । तर, हामीले सामान्य भनेको ट्रेलरलाई दर्शकले अत्यधिक रुचाउनु भयो । यससँगै चलचित्रका सम्पादक सुरेन्द्र पौडेलले चलचित्र  ‘फर्की फर्की’को जुनसुकै सिन काट्दा पनि मलाई ट्रेलर नै काटेको जस्तो फिल भइरहेको छ भन्नुभएको छ । सबैलाई थाहा छ वाँहा अनुभवले खारिएको सम्पादक हो । सोही हिसाबले पनि म दर्शकहरूलाई के विश्वस्त बनाउन चाहन्छु भने, एक पटक हलमा गएर चलचित्र हेरिदिनुहोस् तपाईँ निराश बन्नु हुने छैन ।

Previous Post

छायांकन अघिनै प्रदर्शन मिति घोषणा,महाशिवरात्रिमा‘सक्किगोनि’ समूहको ‘लाज शरणम्’

Next Post

कोशी चलचित्र महोत्सव–’२०८१’, चुनौतीसँगै अवसर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
कोशी चलचित्र महोत्सव–’२०८१’, चुनौतीसँगै अवसर

कोशी चलचित्र महोत्सव–'२०८१’, चुनौतीसँगै अवसर

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।