विशेष अनलाइन । फ्राइडे रिलिजअन्तर्गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ले पूर्वमा सन्तोषजनक व्यापार सुरु गरेको छ । पूर्वका इटहरी, विराटनगर, धरान, दमक लगायतका स्थानमा चलचित्रले सन्तोषजनक व्यापार सुरु गरेको हो । शुक्रवारको पहिलो सो मा दर्शकको चाप केही कम देखिए पनि दोस्रो, तेस्रो सो हरूमा चलचित्र हेर्ने दर्शक बढेको ई लाइट सिनेमा इटहरीका सञ्चालक नवराज केसीले जानकारी दिए ।
बेलुका ८ बजेको सो मा भने दर्शकको उपस्थिति उत्साहजनक रहेको सञ्चालक केसीको भनाई थियो । चलचित्रमा अभिनेत्री केकी अधिकारीका साथै बाल कलाकार सुपला सापकोटाको अभिनयको तारिफ भइरहेको छ । नेपालमा अझै पनि कतिपय स्थानमा महिलाहरूले बोक्सीको आरोप खेप्नुपरिरहेको उल्लेख गर्दै सञ्चालक केसीले नेपाली परिवेशमा निर्माण भएका कारण पनि चलचित्र हेर्ने दर्शकको सङ्ख्यामा वृद्धि हुने आसा व्यक्त गरे । उनले ‘बोक्सीको घर’ हेर्न ई लाइट सिनेमामा आउने दर्शकहरूलाई विभिन्न छुट दिइने समेत उल्लेख गरे ।
शनिवार चलचित्रको व्यापार अझै बढ्नेमा आफू विश्वस्त रहेको केसीको भनाई थियो । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘बोक्सीको घर’नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन भइरहेको छ । चलचित्रका निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।
चलचित्रमा केकी अधिकारी, स्वेच्छा राउत, शुपला सापकोटा, रमा थपलिया लगायतको मुख्य भूमिका रहेको छ । सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रको लेखन पनि निर्देशक स्वयंले गरेका हुन् । निर्देशक भारतीको समेत चलचित्रमा अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।
Discussion about this post