विशेष अनलाइन । यति बेला चलचित्र ‘रुमानी रंग’ले चर्चा पाइरहेको छ । जीएम ठकुरीले निर्माण गर्न लागेको चलचित्रका लागि अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी शाह फाइनल भइसकेका छन् । यति बेला ‘रुमानी रंग’को लागि अस्ट्रेलियामा विदेशी कलाकारको खोजी भइरहेको छ। यो कास्टिङ कलमार्फत दोस्रो लिड९रोलका लागि अस्ट्रेलियाली अभिनेत्री छनोट गरिने बताइएको छ ।
उक्त कास्टिङ कलमार्फत अन्य पाँच जना विदेशी कलाकार पनि छनोट गरिने निर्माता ठकुरीले जानकारी दिएका छन् ।
निर्माता ठकुरीका अनुसार हालसम्म २१६ जना अस्ट्रेलियन नागरिकले अनलाइन आवेदन दिएका छन् । जसमध्येबाट उत्कृष्ट १० छनोट हुने र त्यसबाट पनि दोस्रो लिड९अभिनेत्रीलाई छनोट गरिने छ । यो अडिसनका लागि अस्ट्रेलियास्थित लाइन९प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले व्यवस्थापन गरिरहेको छ ।
चलचित्रमा अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी शाहका अलावा अन्य केही नेपाली कलाकारहरूको पनि अभिनय रहने छ । अन्य कलाकारहरू भने फाइनल हुन बाकी रहेको निर्माण युनिटले जानकारी दिएको छ ।
चलचित्र ‘रुमानी रंग’लाई अनिल योञ्जनले निर्देशन गर्दै छन् । पटकथा र संवाद पनि योञ्जनले नै तयार पारेका हुन् । चलचित्रको ९० प्रतिशत सुटिङ अस्ट्रेलियामै हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ।चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। महेश पौडेलको छायाङ्कन रहने चलचित्रको सह निर्माता सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी हुन् ।
Discussion about this post