BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो – अध्यक्ष प्रधान

रितेश भन्छन् मैले रियलमा बाको बिहे गराएको छु

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १७, २०७९, ९:१४ बिहान
in FEATURE, चलचित्र
‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो – अध्यक्ष प्रधान
58
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र ‘महापुरुष’ ले देशै भरि उत्साहजनक ब्यापार गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले ५ औं दिन सम्म पनि हाउसफुल व्यापार गर्न सफल छ । यसै हिसाबले हेर्दा चलचित्रले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड रख्ने आकलन गर्न सकिन्छ ।

यसैबीच बुधबार धरानमा चलचित्रको बिशेष शो राखिएको थियो । धरानको फ्रेन्ड्स सिनेमामा राखिएको विशेष शो मा अग्रज पत्रकार, चलचित्रकर्मी, व्यापारी लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो ।

चलचित्र हेरेर निस्किएका अधिकाङ्शको आँखामा
आँसु छचल्किएको प्रस्टै देखिन्थ्यो । चलचित्र हेरेर निस्किएका अधिकाङ्शले चलचित्रका बा र बा का कान्छा छोरा अर्थार हरिवंश आचार्य र अरुण क्षेत्रीको खुलेर तारिफ गरे । उनिहरुले छोरा भनेको त्यस्तो हुनुपर्छ समेत भन्न भ्याए ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले चलचित्रको कतिपय अंश आफ्नै काहानीमा लेखिएको कथा जस्तै भएको उल्लेख गरे । ‘मेरो बा अहिले यो संसारमा हुनुहुन्न । तर, यो चलचित्र हेर्दा मैले मेरो बा लाई धेरै मिस गरेँ । कता कता म र मेरा बा लाई नै हेरेर कथा तयार पारेको होकी भन्ने महशुस भयो । ‘ प्रधानले यसो भन्दै गर्दा उनी भक्कानी सकेका थिए । उनले आँसु लुकाउने कोशिस गर्दा गर्दै पनि आँखाभरी आँसु देखिएको थियो ।

धरानकै अर्का अग्रज कलाकार बिशाल श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट भएको बताए । नयाँ र फरक प्रस्तुतिका कारण चलचित्रले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको उनको भनाई थियो । यता कलाकार तथा समाजसेवी रितेशजंग खत्रीले पनि चलचित्रको कथाको कतिपय अंश आफ्नै घरको जस्तो भएको उल्लेख गरे । ‘यो त चलचित्र भयो तर मैले मेरै बा को बिहे रियलमा गराएको छु । त्यस समय मैले कस्ता संघर्षहरु गर्नुपर्यो सायदै म अहिले भन्न सक्दिन’ रितेशले भने ।

‘मैले मेरो बा को बिहे गराएको छु । त्यसैले यो चलचित्र मेरो घरको कथा बोलेको चलचित्र हो’ रितेशको भनाइ थियो ।

प्रदीप भट्टराई निर्देशित चलचित्रले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा बोलेको छ । हरिवंश आचार्य सहित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतको प्रमुख भूमिका छ । दिपेश म्याक्स खत्री निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।                                                      भिडियो हेर्नुहोस्

Previous Post

‘छड्के २’ र ‘छक्कापञ्जा ४ ’एउटै मितिमा, प्रतिस्पर्धा कि प्रतिषोध ?

Next Post

फ्राइडे रिलिज : आजबाट ‘लाखे’ प्रदर्शनमा, ‘महापुरुष’ दोस्रो सातामा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
फ्राइडे रिलिज : आजबाट ‘लाखे’ प्रदर्शनमा, ‘महापुरुष’ दोस्रो सातामा

फ्राइडे रिलिज : आजबाट ‘लाखे’ प्रदर्शनमा, ‘महापुरुष’ दोस्रो सातामा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।