BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो – अध्यक्ष प्रधान

रितेश भन्छन् मैले रियलमा बाको बिहे गराएको छु

विशेष अनलाइन by विशेष अनलाइन
November 3, 2022
in FEATURE, चलचित्र
‘महापुरुष’ म र मेरा बाको कथा बोलेको चलचित्र हो – अध्यक्ष प्रधान
57
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र ‘महापुरुष’ ले देशै भरि उत्साहजनक ब्यापार गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले ५ औं दिन सम्म पनि हाउसफुल व्यापार गर्न सफल छ । यसै हिसाबले हेर्दा चलचित्रले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड रख्ने आकलन गर्न सकिन्छ ।

यसैबीच बुधबार धरानमा चलचित्रको बिशेष शो राखिएको थियो । धरानको फ्रेन्ड्स सिनेमामा राखिएको विशेष शो मा अग्रज पत्रकार, चलचित्रकर्मी, व्यापारी लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो ।

चलचित्र हेरेर निस्किएका अधिकाङ्शको आँखामा
आँसु छचल्किएको प्रस्टै देखिन्थ्यो । चलचित्र हेरेर निस्किएका अधिकाङ्शले चलचित्रका बा र बा का कान्छा छोरा अर्थार हरिवंश आचार्य र अरुण क्षेत्रीको खुलेर तारिफ गरे । उनिहरुले छोरा भनेको त्यस्तो हुनुपर्छ समेत भन्न भ्याए ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले चलचित्रको कतिपय अंश आफ्नै काहानीमा लेखिएको कथा जस्तै भएको उल्लेख गरे । ‘मेरो बा अहिले यो संसारमा हुनुहुन्न । तर, यो चलचित्र हेर्दा मैले मेरो बा लाई धेरै मिस गरेँ । कता कता म र मेरा बा लाई नै हेरेर कथा तयार पारेको होकी भन्ने महशुस भयो । ‘ प्रधानले यसो भन्दै गर्दा उनी भक्कानी सकेका थिए । उनले आँसु लुकाउने कोशिस गर्दा गर्दै पनि आँखाभरी आँसु देखिएको थियो ।

धरानकै अर्का अग्रज कलाकार बिशाल श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट भएको बताए । नयाँ र फरक प्रस्तुतिका कारण चलचित्रले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको उनको भनाई थियो । यता कलाकार तथा समाजसेवी रितेशजंग खत्रीले पनि चलचित्रको कथाको कतिपय अंश आफ्नै घरको जस्तो भएको उल्लेख गरे । ‘यो त चलचित्र भयो तर मैले मेरै बा को बिहे रियलमा गराएको छु । त्यस समय मैले कस्ता संघर्षहरु गर्नुपर्यो सायदै म अहिले भन्न सक्दिन’ रितेशले भने ।

‘मैले मेरो बा को बिहे गराएको छु । त्यसैले यो चलचित्र मेरो घरको कथा बोलेको चलचित्र हो’ रितेशको भनाइ थियो ।

प्रदीप भट्टराई निर्देशित चलचित्रले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा बोलेको छ । हरिवंश आचार्य सहित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतको प्रमुख भूमिका छ । दिपेश म्याक्स खत्री निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।                                                      भिडियो हेर्नुहोस्

Previous Post

‘छड्के २’ र ‘छक्कापञ्जा ४ ’एउटै मितिमा, प्रतिस्पर्धा कि प्रतिषोध ?

Next Post

फ्राइडे रिलिज : आजबाट ‘लाखे’ प्रदर्शनमा, ‘महापुरुष’ दोस्रो सातामा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

August 24, 2023
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

August 24, 2023
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

August 6, 2023
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

August 6, 2023
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

August 6, 2023
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

July 30, 2023
Next Post
फ्राइडे रिलिज : आजबाट ‘लाखे’ प्रदर्शनमा, ‘महापुरुष’ दोस्रो सातामा

फ्राइडे रिलिज : आजबाट ‘लाखे’ प्रदर्शनमा, ‘महापुरुष’ दोस्रो सातामा

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    512 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.