बिशेष अनलाइन । चलचित्र ‘महापुरुष’ ले देशै भरि उत्साहजनक ब्यापार गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले ५ औं दिन सम्म पनि हाउसफुल व्यापार गर्न सफल छ । यसै हिसाबले हेर्दा चलचित्रले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड रख्ने आकलन गर्न सकिन्छ ।
यसैबीच बुधबार धरानमा चलचित्रको बिशेष शो राखिएको थियो । धरानको फ्रेन्ड्स सिनेमामा राखिएको विशेष शो मा अग्रज पत्रकार, चलचित्रकर्मी, व्यापारी लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो ।
चलचित्र हेरेर निस्किएका अधिकाङ्शको आँखामा
आँसु छचल्किएको प्रस्टै देखिन्थ्यो । चलचित्र हेरेर निस्किएका अधिकाङ्शले चलचित्रका बा र बा का कान्छा छोरा अर्थार हरिवंश आचार्य र अरुण क्षेत्रीको खुलेर तारिफ गरे । उनिहरुले छोरा भनेको त्यस्तो हुनुपर्छ समेत भन्न भ्याए ।
चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले चलचित्रको कतिपय अंश आफ्नै काहानीमा लेखिएको कथा जस्तै भएको उल्लेख गरे । ‘मेरो बा अहिले यो संसारमा हुनुहुन्न । तर, यो चलचित्र हेर्दा मैले मेरो बा लाई धेरै मिस गरेँ । कता कता म र मेरा बा लाई नै हेरेर कथा तयार पारेको होकी भन्ने महशुस भयो । ‘ प्रधानले यसो भन्दै गर्दा उनी भक्कानी सकेका थिए । उनले आँसु लुकाउने कोशिस गर्दा गर्दै पनि आँखाभरी आँसु देखिएको थियो ।
धरानकै अर्का अग्रज कलाकार बिशाल श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट भएको बताए । नयाँ र फरक प्रस्तुतिका कारण चलचित्रले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको उनको भनाई थियो । यता कलाकार तथा समाजसेवी रितेशजंग खत्रीले पनि चलचित्रको कथाको कतिपय अंश आफ्नै घरको जस्तो भएको उल्लेख गरे । ‘यो त चलचित्र भयो तर मैले मेरै बा को बिहे रियलमा गराएको छु । त्यस समय मैले कस्ता संघर्षहरु गर्नुपर्यो सायदै म अहिले भन्न सक्दिन’ रितेशले भने ।
‘मैले मेरो बा को बिहे गराएको छु । त्यसैले यो चलचित्र मेरो घरको कथा बोलेको चलचित्र हो’ रितेशको भनाइ थियो ।
प्रदीप भट्टराई निर्देशित चलचित्रले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा बोलेको छ । हरिवंश आचार्य सहित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतको प्रमुख भूमिका छ । दिपेश म्याक्स खत्री निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । भिडियो हेर्नुहोस्
Discussion about this post