BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १२, २०८२, १०:२५ मध्यान्ह
in FEATURE, गीत संगीत
‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज
73
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । वि.सं. २०८० सालमा बक्स अफिसमा १७ करोड भन्दा बढीको व्यापार गरेर नयाँ रेकर्ड कायम गरेको सुपरहिट चलचित्र हो ‘जारी’ । बहुप्रतीक्षित सिक्वेल ‘जारी २’ को ट्रेलरले रिलिज भएको दुई दिनमै दश लाख (१० लाख) भ्युज कटाएर ठूलो सफलता हात पारेको छ। उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित यो चलचित्रको ट्रेलरले पहिलो भागको कथालाई सुमधुर पारिवारिक सम्बन्धबाट सुरु गर्दै, वैवाहिक जीवनको जटिल र संवेदनशील पाटोतर्फ लगेको छ। ‘जारी’ मा प्रेमका लागि काजीले गरेको सङ्घर्षपछि अब छोरी जन्मिएर स्कुल जाने अवस्थासम्म पुगेको परिवारमा आएको नयाँ मोड नै ‘जारी २’ को केन्द्रबिन्दु बनेको छ।

ट्रेलरमा दयाहाङ राई र मिरुना मगर बीचको प्रेमपूर्ण जीवनमा सानो नोकझोकले कसरी ठूलो पारिवारिक विग्रह निम्त्याउँछ भन्ने मर्मस्पर्शी दृश्यहरू देखाइएको छ। श्रीमान्ले श्रीमतीमाथि रिस पोखेपछि माइती लिन आउने र समाज बसेर कुरा मिलाउने अवस्थाले लिम्बू समुदायको सामाजिक परम्परालाई नजिकबाट चित्रण गरेको छ। विशेषगरी, माइतीले दिएको च्याब्रुङ च्यातिएर दीनदशा सुरु हुनु र माइत गएपछि छोरीलाई घरमै छोडेर जानुपर्दाको पीडा दयाहाङको अनुहारमा देखिएको पश्चात्तापको भारी ले दर्शकलाई भावुक बनाउँछ। ‘जारी २’ को ट्यागलाइन ‘सङ अफ च्याब्रुङ’ ले पनि लिम्बू संस्कृतिको महत्त्वपूर्ण प्रतीक च्याब्रुङलाई कथाको मूलधारमा राखेको प्रस्ट हुन्छ।

चलचित्रमा विजय बरालको पात्र (मङ्गल सिंह) को कथा पनि निकै त्रासदपूर्ण रहेको ट्रेलरले देखाएको छ। विजयकी श्रीमती माइत गएपछि फर्कन नमान्दा, ससुरालीले ‘जिउको बदला जिउ’ भन्दै आँखा नभएकी नयाँ दुलही अन्माइदिने दृश्यले विजयको जीवनमा आएको ठूलो उथलपुथललाई चित्रण गरेको छ। यो त्रासदीपूर्ण अवस्थासँगै माइत बसेकी मिरुनालाई ‘लाहुरे’ सँग नयाँ वैवाहिक सम्बन्धका लागि प्रस्ताव आउँछ, जसमा ‘जारी तिर्न सक्ने हो भने बाटो खुला’ रहने भनिएको छ। ट्रेलरले ‘लाहुरे’ को परिचयलाई भने सस्पेन्समा राखेको छ, जसले कथामा नयाँ र शक्तिशाली ट्विस्ट ल्याउने अनुमान गर्न सकिन्छ। उता, मेलामा दयाहाङलाई पनि अर्की सोल्टिनीसँग देखिनुले पुनर्मिलनको बाटो झन् कठिन बनेको संकेत गर्छ।

प्रेम, वियोग र प्रदर्शनको तयारी: रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको छ। लिम्बू संस्कृतिभित्र रहेर श्रीमान्–श्रीमतीबीचको प्रेम, खुसी, नोकझोक, इज्जतको हुर्मत, वियोग र अन्ततः पुनर्मिलनको पखाई जस्ता मानवीय भावनात्मक पक्षहरूको उतारचढावलाई ट्रेलरमा सशक्त रूपमा प्रस्तुत गरिएको छ। यसैकारण, ‘जारी २’ ले नेपाली चलचित्र उद्योगमा पहिलो भागको जस्तै आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ। प्रतिक्षित चलचित्र ‘जारी २’ देशभर कात्तिक २१ गते देखि प्रदर्शनमा आउँदैछ।

Previous Post

‘हिमालयन गोल्ड’ को घोषणा, नोभेम्बरबाट छायाङ्कन सुरु

Next Post

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा हुँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।