इटहरी / अभिनेता निखिल उप्रेतीले आज जन्मदिन मनाएका छन् । सर्लाहीको पिपराभित्तामा जन्मिएका निखिलले आज आफ्नो ४५ औं जन्मदिन मनाएका हुन् । कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा भएकाले पनि अभिनेता उप्रेतीले आफ्नो परिवारका साथ घरमै जन्मदिन मनाएका हुन् । उनको जन्मदिनमा अभिनेत्री सञ्चिता लुइटेल लगायत बिभिन्न कलाकारहरुले सामाजिक सञ्जालमा शुभकामना दिएकी छन् ।
बुवा गोबिन्द उप्रेती र आमा भोजकुमारि उप्रेतीका कोखबाट जन्मिएका उनले सानै छदा करातेमा ब्ल्याक बेल्ट हासिल गरेका थिए। नेपाली चलचित्र ‘पिँजडा’बाट नेपाली चलचित्र नगरीमा उदाएका निखिलको वास्तविक नाम भने दिनेश उप्रेती हो । निर्माता तथा कलाकार पवन मैनालीले उनको नाम ‘निखिल’ राखिदिएको बताइन्छ । अभिनेता उप्रेतीले हाल सम्ममा झण्डै एक सय भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।
धेरैले अभिनेता उप्रेतीलाई नेपाली चलचित्र नगरीमा एक्सन स्थापित गर्ने मुख्य पात्रका रुपमा चित्रण गर्ने गरेका छन् । नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले उनले मुम्बईमा रहेर अभिनय र स्टन्ट गरेका थिए भने पाँच वर्षसम्म मुम्बईमै बलिउड फिल्मका लागि संघर्ष गरेका थिए । अभिनेता उप्रेतीले नेपाली मात्र नभएर भोजपुरी चलचित्रमा समेत आफ्नो अभिनय कौसलता प्रस्तुत गरिसकेका छन् । अभिनेत्री सञ्चिता लुइटेलसँग दोश्रो बिवाह गरेका निखिलले पहिलो विवाह भने कोपिला उप्रेतिसंग गरेका थिए । पछी अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष भारत पलायन भए । भारतबाट फर्किएपछि फिल्म अभिनय, निर्माण र निर्देशनमा फर्किएका निखिल हाल चलचित्र निर्माणमा लागेका छन् ।
अभिनेता उप्रेती दर्शकमाझ ‘एक्सन किङ्ग’को रुपमा परिचित छन् । पहिलो फिल्म ‘पिंजडा’ देखि नै उनी एक्सन गर्ने अभिनेताको रुपमा स्थापित भए । नेपाली फिल्मका ‘एक्सन किङ्ग’ अभिनेता निखिल उप्रेती धार्मिक र आध्यात्मिकमा पनि उत्तिकै चासो राख्ने गर्छन् । पछिल्लो समय उनि समाजसेवामा पनि उत्तिकै सकृय रहदै आएका छन् । फुर्सदको समयमा चित्रकलामा आफ्नो समय व्यतित गर्ने अभिनेता उप्रेतीका एक छोरा र एक छोरी रहेका छन् ।
पिंजडा, मायाको जाल, कर्तव्य, शिवशक्ति, कुरुक्षेत्र, राम लक्ष्मण, हामी तीन भाइ, अग्निपथ, बारूद, निखिल दाइ, धर्मा, विदाइ, मिस्टर डन, गिरफ्तार, सावधान, सम्झना, धमाका, दाग, भाइभाइ, निशाना, क्रोध,अभिमन्यु,भाग्य, वरमाला, ए पण्डित बाजे, मानिस, युद्ध, पालेदाइ, मर्यादा, करन अर्जुन, हामी साथी, भाइ, दोबाटो, देश देखि परदेश, दुनियाँ, त्रिशूल, जन्मभूमि, इनसाफ, घायल, जीवन मृत्यु, पर्खि बसेँ, जिन्दगी, परिचय, जय शिव शंकर, पहिलो पहिलो माया, कर्म योद्दा, क्यारें ग्यां २, जोडी नं वान, पापी मान्छे, पापी मान्छे २, धड्कन, फर्केर हेर्दा, अग्नि ज्वाला, आमाको काख, मिसन पैसा, दोस्ती, भैरव, लूटेरा,, राधे, पिंजडा ब्याक अगेन, किंग लगायत एक सय भन्दा धेरै फिल्महरुमा निखिलले अभिनय गरेका छन् ।
Discussion about this post