विशेष अनलाइन । कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउन लागिपरेका प्रतिभाशाली कलाकार रेवन राई हाल रियालिटी शो ‘एक्टिङ स्टार’ को उत्कृष्ट १० मा प्रवेश गर्न सफल भएका छन्। उपाधि जित्ने दृढ लक्ष्यका साथ अघि बढिरहेका राई यतिबेला देश–विदेशका दर्शकसमक्ष भोटको अपिल गर्दैछन्।
पोखराबाट सुरु भएको उनको भोट अभियान पूर्वतर्फ बढ्दै धरानमा पुग्दा रंगकर्मी र सञ्चारकर्मीहरूसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा उनले आफ्नो कलाकारिता यात्राका उतार–चढाव, संघर्षका कथा र आगामी सपना सुनाउँदै, “दर्शकको साथ र माया नै मेरो सबैभन्दा ठूलो पूँजी हो,” भन्दै समर्थनका लागि आग्रह गरे।
रेवन राईको कलाकारिताप्रति लगाव र समर्पण दर्शकको नजरमा स्पष्ट देखिन्छ। बाल्यकाल सुनसरीमा विताए पनि उनले पोखराबाट नै कलाकारिता यात्रा सुरु गरे। भोलेन्टियर र ब्याक स्टेज बाट सुरु भएको यात्रा निरमाया, अ प्लेस माई हर्ट, उ मरेकी छैन जस्ता चर्चित नाटकसम्म पुग्यो। अभिनयमा परिपक्वता र भावप्रवणता देखाएर उनले निर्णायकहरूको मन जित्न सफल भए, जसको परिणामस्वरूप उनी उत्कृष्ट सयबाट सिधै उत्कृष्ट २० मा छनोट भए।
कोभिड–१९ को महामारीका कारण स्वदेश फर्किएका उनले त्यसपछि राजधानी काठमाडौँमा आफ्नो सीप अझ निखार्ने अवसर पाए। त्यहाँ विभिन्न नाटक र लघु चलचित्रमा अभिनय गर्दै उनले आफ्नो प्रतिभा अझै मजबुत बनाए। हाल उनले महक मिडिया नेटवर्क द्वारा निर्माण भएको शोमा प्रतिस्पर्धा गरिरहेका छन्, जुन एपी वान टेलिभिजन र ओएसआर रियालिटी मार्फत प्रसारण भइरहेको छ।
शोमा ३ हजारभन्दा बढी कलाकारहरूले डिजिटल अडिसन दिएका थिए। तीमध्ये सबै चरण पार गर्दै उत्कृष्ट १० सम्मको यात्रा तय गरेका राईलाई अब भोटिङमार्फत उपाधितर्फ अघि बढाउनु पर्ने अवस्था आएको छ। त्यसैले उनी दर्शकहरूलाई नेपालभित्रका लागि ‘ओएसआर कनेक्ट’ एप र नेपालबाहिरका लागि ‘सिनेमा घर’ एप डाउनलोड गरी ‘एक्टिङ स्टार’ मा क्लिक गरेर आफ्नो नाममा भोट दिन आग्रह गरिरहेका छन्।
जीवनका असंख्य चुनौती र संघर्ष पार गर्दै यहाँसम्म आइपुगेका रेवन राईको सपना अब दर्शकको हातमा रहेको छ। उनले विश्वास व्यक्त गर्दै भने, “तपाईंहरूको साथ, माया र विश्वासले मात्र यो सपना साकार हुनेछ।”









Discussion about this post