विशेष अनलाइन । शनिबार सम्पन्न लोकप्रिय गायन रियालिटी शो ‘भ्वाइस किड्स’को चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। कोच मेलिना राईको टोलीकी सोनालीले सर्वाधिक भोट प्राप्त गर्दै विजेता बनेकी हुन्।
ग्रान्ड फिनालेमा आठ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल, मेलिना राईको समूहबाट सोनाली राजभण्डारी र नोरेन लोय क्षेत्री, सत्यराज आचार्यको समूहबाट रिदम खड्का र स्मयन बजगाइँ, र मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु अन्तिम चरणमा पुगेका थिए।
विजेताको घोषणा सर्वाधिक भोटको आधारमा गरिएको हो। हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहितका विशिष्ट अतिथिहरूले सोनालीलाई १० लाख रुपैयाँ नगदसहित अन्य आकर्षक पुरस्कार प्रदान गरे।
उपाधि जितेपछि सोनालीले मिहेनत सफल भएको भन्दै खुशी व्यक्त गरिन्। उता, आफ्नै टिमकी प्रतिभावान प्रतिस्पर्धीले जित हात पारेपछि कोच मेलिना राईले अत्यन्त खुशी लागेको प्रतिक्रिया दिइन्।









Discussion about this post