विशेष अनलाइन । न्यूयोर्कमा बसोबास गर्ने दीया श्रेष्ठ ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधिमा विजयी भएकी छन्। नेपाली समय अनुसार शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले ८औं संस्करणको ताज पहिरिएकी हुन्। टेनेसीकी कृष्मा सुवेदी प्रतियोगिताको पहिलो उपविजेता घोषित भइन् भने टेक्सासकी आर्या कोइरालाले दोस्रो उप विजेताको स्थान ओगटिन्।
उपाधिसँगै दीयाले आगामी वर्ष नेपालमा हुने ‘मिस नेपाल’ प्रतियोगितामा सिधा प्रवेश पाउने विशेष अवसर प्राप्त गरेकी छन्। साथै, उनलाई नेपाल पर्यटन बोर्डको सद्भावना दूतको रूपमा नियुक्त गरिनेछ। अन्य थुप्रै अवसरहरू पनि उनलाई प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा अमेरिका भरका विभिन्न राज्यबाट छानिएका १९ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। फिनाले न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा सम्पन्न भयो। प्रतियोगिताका निर्णायक मण्डलमा अभिनेता प्रदीप खड्का, अभिनेत्री आँचल शर्मा, अनुपविक्रम शाही, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र समाजसेवी स्नेहा श्रेष्ठ समावेश थिए।
आयोजक संस्था ड्रीम्स युनिभर्सल का प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।









Discussion about this post