विशेष अनलाइन । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा चलचित्र ‘सुस्केरा’ निर्माण हुने भएको छ। चलचित्रले सडकमा जीवन बिताउने अबोध बालकको संवेदनशील संघर्षलाई पर्दामा उतार्नेछ।
निर्देशक घायलका अनुसार चलचित्रको कथा मुख्य पात्रको आत्मसंघर्ष र समाजप्रतिको भावनात्मक परिवर्तनको वरिपरि घुम्नेछ। “उसको कथा आफू बाँच्ने संघर्षबाट अरूका लागि बाँच्ने सोचमा परिवर्तन हुन्छ,” घायले बताएका छन्।
मणिलिङ्गेश्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्तुति रहने चलचित्रमा दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाई, नवराज अधिकारी, मौसमी कार्की, बाल कलाकार आलोक चौरेली र नायरा प्रसाईको अभिनय रहनेछ। चलचित्रका निर्माता नवराज अधिकारी र डा. ओमकृष्ण प्रसाई हुन्।

चलचित्रको छायांकन रविन्द्र बरालले गर्ने छन् भने नृत्य निर्देशन राजन महर्जनले, मेकअप मदन न्यौपानेले र सम्पादन राजेश कुमारले गर्ने छन्।
‘सुस्केरा’ को छायांकन आगामी भदौ दोस्रो साताबाट काठमाडौं, भक्तपुर तथा वरपरका क्षेत्रमा सुरु हुने जानकारी दिइएको छ। सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयत्नस्वरूप निर्माण हुँदै गरेको यो चलचित्रलाई एक आशाजनक नेपाली चलचित्रका रूपमा हेरिएको छ।









Discussion about this post