BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख ३, २०८२, ७:५५ मध्यान्ह
in FEATURE, गीत संगीत
‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म
94
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  नेपाली फिल्म ‘दैव संजोग’बाट दर्शकको मन जितेको चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ अब नयाँ रूप र रंगमा प्रस्तुत गरिएको छ। यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा यो सदाबहार गीत रिक्रियट गरिएको हो। फिल्मको प्रचार–प्रसारलाई तीव्रता दिन आज काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको छ।

ओरिजिनल संस्करणमा शम्भुजित बास्कोटा र देवीका बन्दनाको स्वर रहेको यो गीतको नयाँ संस्करणमा पनि शम्भुजितकै स्वर कायम राखिएको छ, जसमा गायिका रचना रिमालको ताजगीयुक्त आवाज थपिएको छ। गीतमा शब्द र संगीत शम्भुजित बास्कोटाकै रहेको छ, जसले यस गीतको मौलिक भावलाई जीवित राख्न सफल देखिन्छ।

गीतको भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन छ, जसलाई सिनेम्याटोग्राफर राजु विक्रम थापाले क्यामेरामा कैद गरेका छन्। भिडियोलाई साहिल खानले सम्पादन गरेका छन्। भिडियोमा देखिने रौनकको अर्को आकर्षण भनेको यसमा देखिएको मुख्य कलाकारहरूको धमाकेदार उपस्थिति हो। राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी तथा बाल–कलाकार एभेलिना खड्का र समाइरा थापाले गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्।

फिल्म ‘नरसिंहाः अवतार’लाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने चन्द्र पन्तको कथा रहेको यस फिल्ममा एक्सन पनि दमदार हुने विश्वास गरिएको छ। फिल्मको निर्माण टिम पनि निकै बलियो देखिन्छ—नेम महर्जनको प्रमुख लगानीमा निर्माण भएको यो फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको समेत सह-लगानी रहेको छ।

फिल्ममा नीर शाहदेखि लिएर प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन जस्ता अनुभवी तथा नयाँ कलाकारहरूको मिश्रण देख्न पाइनेछ। एक्सन निर्देशन राजु तामाङले गरेका छन् भने भीएफएक्समा समीर मियाको योगदान रहेको छ।

अभिनेता राजेश हमालको आठ वर्षपछिको पर्दामा पुनरागमन रहेको यस फिल्मप्रति दर्शकको उत्सुकता स्वाभाविक रूपमा बढेको छ। सार्वजनिक गरिएको गीतले फिल्मको चर्चा अझ उचाइमा पुर्‍याउने निश्चित देखिन्छ।

Previous Post

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

Next Post

‘लाज शरणम्’ ले मनायो ५१ दिन — दर्शकको अपार माया प्रति निर्माण टिम आभारी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
‘लाज शरणम्’ ले मनायो ५१ दिन — दर्शकको अपार माया प्रति निर्माण टिम आभारी

‘लाज शरणम्’ ले मनायो ५१ दिन — दर्शकको अपार माया प्रति निर्माण टिम आभारी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।