विशेष अनलाइन । नेपाली चलचित्र ‘लाज शरणम्’ ले आजबाट प्रदर्शनको ५१ दिन पूरा गरेको छ। महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले देशभरका दर्शकहरूको अपार माया बटुल्दै सफलताका साथ ५१ दिन मनाएको हो।
चलचित्र निर्माण टिमले सामाजिक सञ्जालमार्फत् धन्यवाद व्यक्त गर्दै लेखेको छ, “महाशिवरात्रिबाट सुरु भएको हाम्रो चलचित्र यात्रा आज ५१ औं दिनमा पुगेको छ। दर्शकहरूको निरन्तर साथ र मायाले हामीलाई यहाँसम्म ल्याएको हो। हामी सम्पूर्ण दर्शकप्रति आभारी छौं।”
देशभरका प्रमुख सिनेमा हलहरूमा अझै पनि चलचित्रको प्रदर्शन जारी छ। विशेषतः काठमाडौं, बुटवल, दमक, बिर्तामोड, भक्तपुर, र किर्तिपुरका हलहरूमा उल्लेखनीय दर्शक उपस्थिति देखिएको छ। कतिपय दर्शकहरू दोहोर्याएर चलचित्र हेर्न पुगेका छन् भने, अन्यलाई सिनेमा हलसम्म पुर्याउने उत्साहजनक सक्रियता पनि देखिएको छ।
आजका प्रमुख शो समयहरू यस प्रकार छन्:
१. बिहान १०:०० – BSR Movies, गंगबु, काठमाडौँ
२. बिहान ११:०० – Big Movies, सिटी सेन्टर, कमलपोखरी
३. बिहान ११:०० – Kirtipur Cineplex, किर्तिपुर
४. बिहान ११:१५ – QFX Civil Mall, सुन्धारा
५. बिहान ११:१५ – INI Cinemas NB Center, नयाँ बानेश्वर
६. बिहान ११:१५ – INI Cinemas Lotse, गंगबु
७. बिहान ११:१५ – INI Cinemas QBOX, मिलनचोक, बुटवल
८. दिउँसो २:१५ – QFX Bhaktapur, भाटभटेनी
९. दिउँसो ३:०० – QFX One Stop, बिर्तामोड
१०. दिउँसो ३:०५ – Dmax Cinemas, दमक
११. दिउँसो ५:१५ – Fcube Cinemas, चाबहिल
१२. दिउँसो ५:३० – Ranjana Cineplex, न्युरोड
चलचित्र निर्माण टिमले अझैसम्म चलचित्र नहेरेका दर्शकहरूलाई नजिकको हलमा पुगेर चलचित्र हेर्न अनुरोध गर्दै स्वागत जनाएको छ।
Discussion about this post